नुवाकोट र सिन्धुलीमा बस दुर्घटना, दुईको मृत्यु, दर्जनौं घाइते (तस्बिर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । नुवाकोट र सिन्धुलीमा शुक्रबार भएको छुट्टाछुट्टै बस दुर्घटनामा दुईको मृत्यु र दर्जनौं घाइते भएका छन् ।
नुवाकोटको फेदीवेसीमा बा२ख ६३५६ नम्बरको बस दुर्घटना हुँदा दुईको मृत्यु र ३० जना बढी घाइते भएका छन् । खरानीटारबाट त्रिशूली जाँदै गरेको बस दुर्घटना भएको हो।घाइतेहरूको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चाडपर्वका बेला थोत्रा बस चलाएकाले पनि दुर्घटना भएको बताइएको छ ।
यस्तै, सिन्धुलीको सुनकोसी गाउँपालिका–५, रिठ्ठेभिरबाट बस सुनकोसीमा खसेको छ । काठमाडौंदेखि बर्दिबास जाँदै गरेको बस सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय पुगिसकेका छन् । दुर्घटनामा ४४ यात्रु घाइते भएको र १३ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । दुवै दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तस्बिर : रामजी पौडेलको फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =