यस वर्षको दसैंमा पनि मेलम्चीको पानी काठमाडौं आएन, मन्त्री विना मगरले किन झुट बोलिन् ?

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं, २६ असोज । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले घोषणा गरेकी थिइन्, ‘दसैंअघि काठमाडौंमा मेलम्चीको पानी आउँछ ।’ तर, दसैं सुरु भएको तेस्रो दिन बितिसक्दा पनि मन्त्री मगरले घोषणा गरेको मेलम्ची खानेपानीको अत्तोपत्तो छैन ।

लामो समयदेखि मेलम्ची खानेपानी आयोजनाबारे कहीँकतै चर्चा परिचर्चा भएको देखिएको छैन । यही बीचमा मन्त्री मगर भने भारतको नयाँ दिल्ली पुगेर फर्केकी छन् । मेलम्ची आयोजनाबारे अहिले उनी चुपचाप छिन् ।

बरु उनले ललितपुरको सैंबु, भैँसेपाटीस्थित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड परिसरमा ‘वाटर एटिएम’ को उद्घाटन गरेकी छन् । ‘वाटर एटिएम’ लाई नेपालीमा ‘पँधेरो’ नामकरण गरिएको छ । निश्चित पैसा तिरेपछि पानी पिउन पाइने अवधारणास्वरुप ‘वाटर एटिएम’ को सुरुवात गरिएको हो ।

‘वाटर एटिएम’ बाट २०० मिलिलिटर र एक लिटर पानी पिउन पाइने व्यवस्था गरिएको छ । २०० मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । उक्त एटिएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।

नेकपा द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर ओली सरकारकै सबैभन्दा कान्छो मन्त्री हुन् । मन्त्री हुनेवित्तिकै उनले आगामी दसैंमा मेलम्चीको खानेपानी काठमाडौंवासीले पिउन पाउने भन्दै घोषणा गरेकी थिइन् । त्यसपछि उनी रातारात प्रधानमन्त्री केपी ओलीलाई लिएर मेलम्ची पुगिन् ।

पटक–पटक मेलम्ची खानेपानी आयोजनाको उनले निरीक्षण गरिन् । समयमै आयोजना पूरा नगर्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी पनि दिइन् । तर, अहिलेसम्म मेलम्चीको खानेपानी कहिले काठमाडौं आउँछ भन्ने कुनै टुंगो नै लागेको छनै ।

मन्त्री भएपछि उनी नेपालको पानी खाडी मुलुकमा बेचेर डलर आम्दानी गर्नुपर्छ भनेर चर्चामा आएकी थिइन् । तर करिब करिब निर्माण पूरा भइसकेको मेलम्चीको खानेपानी राजधानीवासीलाई घोषणा गरेको समयमा खुवाउन उनले सकेकी छैनन् ।

खानेपानी मन्त्रालयका विभिन्न आयोजनामा ठेकेदारमार्फत एक करोड बढी कमिसन लिएको घटनाले विना घरमै आलोचित भएकी छन् ।

खानेपानी मन्त्री मगरले मात्र होइन, प्रधानमन्त्री केपी ओलीले पनि काठमाडौंवासीले दसैंमा खानेपानी पिउने भाषण गरेका थिए । सरकारको पाँच महिने उपलब्धिमा यसलाई पनि समेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 5