७ वर्षिय छोरा छोडेर इजरायल पुगेकी सिन्धुपाल्चोककी एक चेलीको कारको ठक्करबाट निधन

  • 454
  •  
  •  
  •  
  •  
    454
    Shares

काठमाडौँ,२६ असोज । सिन्धुपाल्चोक हेल्म्बु ६ स्थायी घर भइ ४ वर्षदेखि इजरायलमा कार्यरत दामी ग्याल्मु लामा को सडक दुर्घटनामा परि निधन भएको छ । उक्त दुर्घटना इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा भएको हो । अन्दाजी ४० वर्षिय लामाको फारसभा स्थित मेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएको छ । मृतक लामाको टाउकोमा लागेको चोटको सल्यक्रियाको गरिएको थियो ।

उनी कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको थियो । लामाको उपचारमा खटीएका चिकित्सकले बताएअनुसार उनको टाउकाको शल्यक्रिाय सफल हुन नसक्दा बिहान ४ बजे तिर लामाको मृत्यु भएको बताइएको छ । ७ वर्षिय छोरा छोडेर ४ वर्ष अगाडी उनी इजरायल पुगेकी हुन् ।

अक्टोबर १० तारिकको दिन रातको समयमा राती ८ बजे उनी केफरमास नजिकै रुपिन्चोकमा सडक पेटीमा रहेकी लामालाई निजी कारले ठक्कर दिएपछि गम्भिर घाइते भएकी थिइन् । दुर्घटनामा परि घाइते भएकी लामाको इजरायको प्रहरीले उनको मोबाइल मार्फत नम्बर पत्ता लगाएर उनको एम्प्लोयरलाई खवर गरेको थियो । त्यसपछि एम्प्लोयरले उनको एजेन्सीलाई खबर गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 5