साउदीबाट दशैमा टिका लगाउन घर आउन लागेको छोरा , दशैको मुखमा रातो बाकसमा आए

  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares

काठमाडौ ।झापाको कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठको साउदीको एयरपोट नजिकै गाडी दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ । साउदीको जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक दीपकको मान्छे लिन जाने क्रममा एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै करिब अपराह्न ४ बजे गाडी दुर्घटना भएको हो ।
उनी दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत साउदी पुगेको र जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा काम गदै आएका थिए ।साथै उनले आफनो श्रीमतीसगको लामो कुराकानी र परिवारसँग सल्लाहमा दशैमा नमिल्ने र तिहारमा घर आउने योजना समेत बनाएका उनकी श्रीमतीले बताएकी छिन ।उनको परिवारमा बुबाआमा ,श्रीमती र एक छोरा रहेको छन ।

उनको बुबा जितबहादुरको अनुसार , मृत्यु भएको दिन कसैले थाहा नपाएको र मृत्यु भएको भोलिपल्टमात्र कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाएको ,र सुरुवातमा विश्वास नलागेको पछिमात्र पत्याएको रुदै उहाले बताउनुभो । उहाले अझ थप्दै भन्नुभयो ऊ तेस्रोपटक साउदी गएको थियो । यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो भन्नुभयो ।
मृतकका काकाका अनुसार खाडीमा मृत्यु भएकाको शव ल्याउन साह्रै समस्या हुदो रहेछ मृत्युलगत्तै हामीले शव ल्याउने पहल गरेको हो तर प्रक्रिया लामो भएकोे र बल्लतल्ल १७ दिनपछि शव ल्याउन सकेको उनका काका डिगेनले बताउनुभयो ।
मृतकको बुबाले एरपोर्टमा शव लिन जाने क्रममा भने ,धेरैका छोरा यतिबेला दसैं मान्न घर फर्किंदा मेरो छोरो दीपक भने काठको बाकसमा आएको छ ।आफू मर्ने बेलामा छोराको किरिया बस्नु परेको छ र म सपनामा छु की विपनामा छु मलाइ नै थाहा छैन भन्दै भक्कानिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =