‘छक्का पञ्जा ३’ को दुई दिनको कमाइ २ करोड

  • 992
  •  
  •  
  •  
  •  
    992
    Shares

काठमाडौँ,२६ असोज । यो वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको नेपाली कथानक फिल्म ‘छक्का पञ्जा ३’ ले रिलिजकै दिन बम्पर ओपनिङ गर्न सफल भएको छ । घटस्थापनाको दिन देखि रिलिज भएको उक्त फिल्मले दर्शकहरुको माया निकै पाइरहेको छ । फिल्म रिलिज भएकै दिन नै १ करोड ३० लाख कमाउन सफल भएको फिल्मले बुधबार बाट नै देशभरका फिल्म हलहरुमा सफल रुपमा व्यापार गरिहेको छ ।

फिल्मले विहीबार पनि ८० लाख भन्दा बढी कलेक्सन गरेको थियो । फिल्मका निर्माता दिपक राज गिरीले बताएअनुसार २ दिनको कमाइ २ करोड ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । यो भन्दा अगाडी निर्माण भएका फिल्महरुमा सन्देश बिहीन भएको आरोप लागेको थियो । तर यो पटक बनेको फिल्म मनोरञ्जनसँगै समसामयीक विषयवस्तु उठान गरिएकोले दर्शकले निकै रुचाएको बताइएको छ । फिल्ममा सरकारी विद्यालयमा शिक्षामा गरिएको लापरबाहीको कुरा उठाइएको छ ।

आज शुक्रबार पनि अधिकांश फिल्महलहरु हाउसफुल भएको र शुक्रबारको तुलनामा शनिबार आक्रमक व्यापार हुने देखिएको निर्देशक दिपाश्री निरौँलाले बताइन् । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, लक्ष्मी गिरी, निर शाहलगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा प्रियंका कार्की, सन्जोग कोइराला, स्वस्तिमा खड्का, वर्षा राउतलगायतका कलाकारहरुको समेत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 72