छक्का पन्जा ३ हेर्न दिन प्रति दिन थपिंदै दर्शक, फूलपातीपछि झन् बढ्ने अपेक्षा

  • 134
  •  
  •  
  •  
  •  
    134
    Shares

काठमाडौँ, अहिले वर्षकै बहु प्रतिक्षित चलचित्र छक्का पन्जा ३ प्रदर्शन भैरहेको छ । गत बुधबारबाट प्रदर्शनमा आएको फिल्मको दुई दिने कलेक्सन सार्वजनिक भएको छ । वितरक र निर्माताले दिएको जानकारी अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख र दोस्रो दिन ८० लाख ग्रस कलेक्सन गर्दै दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको हो । फिल्मले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाईरहेको छ । सुरुवाती दुई दिनमा फिल्मले सिंगल स्कृनभन्दा मल्टिप्लेक्समा राम्रो कलेक्सन गरेको छ ।

दशैंको बेला अहिले सबैलाई घर जाने चटारो चलिरहेकाले सिंगल स्कृनमा दर्शकको उपस्थिति मल्टिप्लेक्समा भन्दा कम भएको अनुमान गरीएको छ तर फूलपातीबाट लगातार बिदा भएकाले सिंगल स्क्रिनमा पनि दर्शककोे भीड बढ्ने अनुमान गरिएको छ । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, बुद्धि तामाङ, केदार घिमिरे, शिवहरि पौडेल ,जितु नेपाल , प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =