यी हुन आफ्नो पिसाब पिउने ३ ब्यक्ति ,के साँच्चै नै पिसाब पिउदा स्वास्थ्यका लागी राम्रो मानिन्छ त ?

  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौ । पिसाब पिउनु के साँच्चै नै स्वास्थ्यका लागि राम्रो हो त यो आर्चयको कुरो रहेको छ ?तर केही यस्ता ब्यक्तिहरु छन जसले आफ्नो पिसाब आफैले पिउने गर्दछन ।यसको कारण उनीहरुको स्वाथ्य समस्या समाधान हुनुका साथै खतरनाक रोग समेत निको भएको छ ।यी ब्यक्तिहरु को को हुन , ?तपाइलाइ उत्सुकता हुन सक्छ । ती हुन नेविंगटनकी ३३ वर्षीया योगा शिक्षक केली ओकली, क्यानडाकी ४६ वर्षीया अलबर्टा, र ३९ वर्षीय फेथ क्यान्टर रहेका छन ।
सुरुवात गरौ, क्यानडाकी ४६ वर्षीया अलबर्टाबाट,
नेविंगटनकी ३३ वर्षीया योगा शिक्षक केली ओकलीले आफ्नै पिसाब पिएपछि निकै लामो समयदेखिको स्वास्थ्य समस्याबाट राहत पाएको र छालामा समेत निखार आएकाले उनले दुई वर्षअघि समाचार एजेन्सी प्रेस असोसिएशनलाइ जानकारी दिएकी छिन । उनले भनिन् मैले सुनेकी थिएँ कि पिसाबले प्रतिरक्षा तन्त्रलाई पुनः स्थापित गर्छ, स्वास्थ्यमा सुधार ल्याउँछ र छाला राम्रो बनाउने भएकाले हरेक दिन पिउने र सुतीको कपडालाई पिसाबमा भिजाएर आफ्नो अनुहारमा लगाउने गरेको बताइन ।

त्यसैगरी क्यानडाकी ४६ वर्षीया अलबर्टा लिह स्याम्पसनले पनि एक सय २० किलो उनको तौल आफ्नो पिसाब पिएर घटाएको भनी द सन लाइ बताएकी छिन । उनले सुरुमा पिसाबले सहयोग गर्न सक्छ भन्नेको सुन्दा अचम्ममा परेकी थिइन तर एकजना साथीले युरिन थेरापीको एउटा युट्युब लिंक पठायो ।त्यो हेरेपछि मैले आफ्नो पिसाब पिएको र मलाई थाहा थियो कि म अत्यधिक सोडियम खाइरहेकी छु त्यसकारण आफ्नो खानामा सोडियम हटाउने कसम खाएको बताइन । र साथै उनले बिहान पिसाब पिउनुबाहेक ब्रश गरेपछि त्यसले मुख कुल्ला पनि गर्छिन् र पिसाबलाई आई ड्रपको रुपमा पनि प्रयोग गर्ने गरेकी छिन ।
त्यसैगरी पोर्चुगलकी ३९ वर्षीय फेथ क्यान्टरले पनि केही दिनअघि मात्र आफूले पिसाब पिउन सुरु गरेकाी बताएकी छिन । उनका अनुसार उनलाई एउटा लामखुट्टेले टोकेपछि एलर्जी भयो र उनको आँखा सुन्निएकोले आफ्नो पिसाब पिउने कोसिस गरिन् तर उनलाइ सुरुमा घिन लाग्थ्यो तर तीनदिन पछि सुन्निएको ठिक भएको बताइन ।त्यसपछि उनलाइ पहिलेको भन्दा कम लामखुट्टेले टोकेको र कुनै किराले टोक्दा सुन्निने र चिलाउने नभएको बताइन । साथै उनले आफ्नो कुकुरको पिसाब पिइरहेको भिडियो पनि भाइरल भएको थियो ।

डाक्टर अहमदका अनुसार संक्रमणको लक्षणलाई यदि नलग्ग्याउने हो भने युरोफेजियाको शारिरिक लाभको कुनै प्रमाण नभेटिएको बताएका छन ।यस्तै, अर्का डाक्टर एन्ड्रयू थार्नबरले पिसाब पिउँदा शरिरमा पुनः खतरनाक अपशिष्ट पदार्थ प्रवेश हुने भन्दै यसो नगर्न चेतावनी दिएका छन् । त्यसैगरी पोषण विशेषज्ञ केरी फिल्टनेसले पनि पिसाब पिउन नहुने र ‘पिसाबमा ९५ प्रतिशत पानी भएका कारण यो पिउनयोग्य छ भन्नु गल्ती हो ।’

राम्रो स्वास्थ्यका लागि पानी वा हर्बल चिया नै पिउनुपर्ने उनको सल्लाह छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1