माउरिन्होमा होइन, खेलाडीमा समस्या देख्छुः इभ्राहिमोभिच

  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः म्यानचेस्टर यूनाइटेडका पूर्व खेलाडी जल्टान इभ्राहिमोभिचले प्रशिक्षक जोसे माउरिन्होमा नभएर खेलाडीमा समस्या रहेको बताएका छन् । इंग्लिस प्रिमियर लिगमा म्यान यू ले खराब प्रर्दशन गरिरहँदा माउन्हिोको चौतर्फी विरोध भइरहेको छ ।

इभ्राहिमोभिचले आफूले खेलाडीमा समस्या देखेको बताउँदै ‘मोउरिन्हो प्रिमियर लिग जित्न सक्ने प्रशिक्षक’ भएको बताएका छन्।

उनले मोरिन्हो एक्लैले जादूगर्न नसक्ने बताउँदै खेलाडीले उनको भावना बुझ्नुपर्नेमा जोड दिएका छन् ।

जारी प्रिमियर लिगमा यूनाइटेडले यस सिजन खराब प्रदर्शन गरिरहेको छ। यूनाइटेड प्रिमियर लिगको अंक तालिकामा १३ अंकसहित आठौं स्थानमा छ।
इभ्राहिमोभिचले खेलाडीले प्रशिक्षकको निर्देशन पालना गर्नुपर्नेपनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + = 11