हरी विष्ट र ज्योती मगरले ल्याए छमछमी vs बुगीवुगी डान्स व्याटल

  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

काठमाण्डौं – पश्चिम नेपालको लोकप्रिय टिपिकल झ्याउरे गित ‘तिम्रो फोटो’ बजारमा ल्याईएको छ । हरी बिष्ट र ज्योती मगरको स्वरमा बनेको उक्त गीत र यसको भिडियो दशै–तिहारको छेको पारेर आज शुक्रवार दर्शक श्रोता माँझ ल्याईएको हो ।

गीतमा समावेस शब्द र संगीत गायक विष्टकै हो । ‘तिम्रो फोटो शिरानी मुनी, फोटोसँग वोलेर नहुनी’ बोलको डान्स प्याटनको उक्त झ्याउरे गीतको भिडियोमा चर्चित रियालीटी शो छमछमी भर्सेस बुगिवुगीलाई निकै भिन्न शैलीमा उतारिएको छ ।

५ मिनेट ४१ सेकेण्ड लामो गीतको भिडियो दोव्वर लामो चलचित्र जस्तै छ । यसमा इन्ट्रि, मध्यान्तर र इण्डिङलाई निकै भिन्न किसिमले प्रस्तुत गरिएको छ ।

नेपाल टेलिभिजनवाट प्रशारण भएको छमछमी–३ का कलाकार मनिता राई र शेखर घर्ती र एपी वानवाट प्रशारण भएको बुगिवुगीका टप फाईभ श्रृष्टि महर्जन र रविन भुजेलको नृत्य हेर्न लायक छ । गित हेर्दा दर्शक–श्रोता रमाईलो मान्नेछन् ।

झण्डैं ४० गित बजारमा ल्याईसकेका गायक विष्ट संगित क्षेत्रका अब्वल गितकार तथा संगितकार पनि हुन् । अजय रेग्मीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । कुलमान नेपालीले, नरेशविर सिंहले कोरियोग्राफी रहेको भिडियोलाई स्वय गायक बिष्टलेनै निर्देशन गरेका हुन ।
यो गीतलाई गगांमाला फिल्मस्ले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =