३० वर्षसम्म ढोका अड्याएर राखेको ढुङ्गा बन्यो उल्कापिण्ड , मूल्य एक करोड बढी

  • 89
  •  
  •  
  •  
  •  
    89
    Shares

काठमाडौ ।अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्तिसगँ करिब एक करोड रुपैयाँ बढी पर्ने ढुङ्गा भेटिएको छ । त्यस ब्यक्तिले त्यो १० किलोको ढुङ्गालाइ ३० वर्षसम्म आफ्नो ढोका अड्काउन प्रयोग गरेका हुन । मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला त्यो ढुङ्गा उपहारस्वरुप उनले पाएका थिए ।
यता नयाँ मालिक डेभिड माजुरेकले भने उक्त पत्थरको आकार ढोका अड्काउनका लागि ठिक्क भएकोले त्यसैको लागी प्रयोग गरेको बताए । जब उनले जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासा सहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेर चेक गराएको उनले बताए ।
त्यसपछि त्यहाँकी जियोलोजीकी प्राध्यापक मोनालिसा सर्बेस्कुले सुरुमा त यसको आकार देखेर चकित भएको र पत्थरको एक्सरे फ्लोरेन्सबाट परिक्षण गर्ने निर्णय गरेको बताइन ।जब परिक्षण पछि त्यसको रिपार्ट थाहा भयो की उक्त पत्थरमा ८८ प्रतिशत फलाम, १२ प्रतिशत निकल र केही मात्रामा भारी धातु इरिडियम, ग्यालियम र सुन पनि भएको अनुसन्धानले पत्ता लगायो ।
यति मूल्यवान पत्थर आफ्नो जीवनमा देखेकी नदेखेको र यो केही नभएर सौर्यमण्डलको टुक्रा नै खसेर मेरो हातमा आएको जस्तो महसुस भएको प्राध्यापक मोनालिसा बताइन ।साथै यो उल्कापिन्डमा ९० देखि ९५ प्रतिशत फलाम नै रहेको बताइन ।
सन् १९३० को दशकमा भेटिएको यो ढुङ्गा खेतमा खन्नेबेला भेटकोे र जुन निकै तातो भएको पुराना मालिकका मालिकले बताएका हुन ।यस ढुङ्गालाइ अहिले एडमोर उल्कापिन्ड नाम दिइएको छ किनभने यो एडमोरमा नै खसेको थियो ।यस उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ किनकी त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।
त्यसयता कै सबैभन्दा ठूलो उल्कापिण्ड ६ हजार ६ सय किलोको थियोः धर्तीको सबैभन्दा ठूलो उल्कापिन्ड नामिबियाको होबामा भेटिएको थियो । यसको तौल ६ हजार ६ सय किलो थियो । वैज्ञानिकको मान्यता अनुसार यो करिब ८० हजार वर्ष पहिले धर्तीसँग ठोक्किएको थियो भने यसमा पनि धेरैजसो फलाम र निकल नैरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 ÷ 4 =