वृश्चिक राशिमा बन्यो बुध र गुरुको दुर्लभ संयोग, अर्को २ महिनासम्म यी ७ राशिकाले पाउनेछन् लाभका नयाँ अवसर

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

वृश्चिक राशिमा पहिले देखि नै गुरु उपस्थित छन् र २५ अक्टोबर, बिहिवारको दिन बुध ग्रह पनि ०८ : ५९ बजे तुला राशिबाट वृश्चिक राशिमा आएको छ। बुधको आगमनले वृश्चिक राशिमा गुरु र बुधको संयोग बनेको छ। यस राशिमा बुध वक्री र मार्गी चालमा चल्दै १ जनवरी २०१९ मा धनु राशिमा प्रवेश गर्नेछ। यस समयबीच गुरु र बुधको संयोगले शेयर बजारमा निकै उतार-चढाव आउँन् सक्छ। दैनिक उपभोग्य वस्तुहरुका मूल्य बढ्न सक्छ। बुधको यस गोचरले तपाईको राशिमा के असर हुनेछ त ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

बुधले तपाईको राशिको आठौँ भावमा प्रवेश गरेको छ। १ जनवरी सन् २०१९ सम्म तपाईको आर्थिक स्थिति मजबूत रहनेछ। वैवाहिक जीवन तपाईको सुख-शान्तिपूर्ण तवरले बित्नेछ। तपाईको जीवनशैली र खान-पानमा निकै सकारात्मक परिवर्तन पाउनुहुनेछ। यदि तपाई कुनै नयाँ काम गर्ने योजना बनाउँदै हुनुहुन्छ भने यो समय तपाईको लागि धेरै राम्रो रहनेछ। मौकाको फाइदा उठाउनुहोला। स्वास्थ्यमा विशेष रुपमा ध्यान दिनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

बुधले तपाईको राशिको सातौँ भावमा गोचर गरेको छ। परिणामस्वरूप १ जनवरी सन् २०१९ सम्म तपाईको निजी जीवनमा प्रेम र आपसी सद्भाव बनिरहनेछ। बुधको प्रभावले तपाईको व्यवसायिक जीवन लाभकारी रहनेछ। यस बीच तपाईले थुप्रै चुनौतीहरुका सामना गर्नु पर्नेछ। विद्यार्थीले सफलता पाउनेछन् र पढाईमा रुचि बढ्नेछ। यसको साथै भुमि-सम्पत्तिसम्म सम्बन्धित कानुनी विवाद सल्टिन सक्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

बुधले तपाईको राशिको छैठौं भावमा गोचर गरेको छ। तपाईले यस समयावधिमा विदेश यात्रामा पनि जाने अवसर पाउन सक्नुहुन्छ। लेखनसँग सम्बन्धित जातकले यस अवधिमा सफलता पाउनेछन्। धार्मिक क्रियामा तपाईको मन जानेछ। कार्यक्षेत्रमा केही रोकावट आउन सक्छ। यद्यपि तपाई आफ्नो मेहनत र समझदारीपनले स्थितिलाई अनुकूल बनाउन सक्षम हुनुहुनेछ। यस समयमा तपाई व्यर्थ खर्चबाट बच्नुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

बुधले तपाईको राशिको पाँचौं भावमा प्रवेश गरेको छ। फलस्वरूप १ जनवरी सन् २०१९ सम्म तपाई आफ्नो प्रेम जीवनमा ध्यान दिन जरुरी छ। यस बाहेक यस बीच अध्यात्म प्रति पनि तपाईको गहिरो रुचि विकसित हुनेछ। यदि तपाई घरसम्पत्तिको व्यवसायमा जोडिएको हुनुहुन्छ भने यो समय तपाईलाई लाभ हुनेछ। साथै तपाई पैसा बचत गर्न सफल रहनुहुनेछ। भाई-बहिनीबाट सहयोग मिल्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

बुधले तपाईको राशिको चौथो भावमा गोचर गरेको छ। यसले १ जनवरी सन् २०१९ सम्म तपाईको परिवारमा प्रेम र शान्तिपूर्ण बनिरहनेछ। तपाईको स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक कार्यमा तपाईको रुचि बढ्नेछ। यस समय नयाँ घर या गाडी खरिद गर्ने योग बन्नेछ। कुनै यस्तो काम जसलाई पूरा गर्नको लागि तपाई लामो समयदेखि प्रयास गर्दै हुनुहुन्छ भने त्यो काम यस समयमा पूरा हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

बुधले तपाईको राशिको तेस्रो भावमा गोचर गरेको छ। यो गोचर १ जनवरी सन् २०१९ सम्म तपाईको लागि निकै लाभदायक रहनेछ। यस समय तपाईको सकारात्मक छवि विकास हुनेछ। साथै तपाई आफ्नो कार्यप्रति इमान्दारी बन्नुहुनेछ र तपाई मेहनतले आफ्नो निश्चित गन्तव्यमा जरुर पुग्नुहुनेछ। नयाँ मानिससँगको भेट तपाईको लागि लाभदायक रहनेछ। जीवनसाथीको सामाजिक कदमा बढोत्तरी हुन् सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बुधले तपाईको राशिको दोस्रो भावमा प्रवेश गरेको छ। यसले १ जनवरी सन् २०१९ सम्म तपाईको भाई-बहिनीहरुबाट सहयोग मिल्नेछ। कार्यस्थलमा वाणी र क्रोध माथि काबू गरी संयम रहनुहोला अन्यथा हानि हुन् सक्छ। यो समय तपाईलाई हरेक क्षेत्रमा लाभको अपार अवसर लिएर आउनेछ। जीवनसाथीसँगको तपाईको सम्बन्ध थप मजबूत र सुमधुर हुनेछ। समाजमा तपाईको मान-सम्मान बढ्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

बुधले तपाईकै राशिमा गोचर गरेको छ। परिणाम स्वरूप १ जनवरी सन् २०१९ सम्म तपाईको लागि धन प्राप्तिको योग बनिरहन्छ। आर्थिक रुपमा हेर्ने हो भने यो समय तपाईको लागि धेरै अनुकूल रहनेछ। यस समय तपाईको आयको श्रोत बढ्नेछ। मानसिक तनाव हुन् सक्छ, यसकारण आफ्नो विशेष ख्याल गर्नुहोला। कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्नमा कामियाब हुनुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

बुधले तपाईको राशिको १२ औँ भावमा गोचर गरेको छ। यसकारण १ जनवरी सन् २०१९ सम्म तपाईको खर्चमा बढोत्तरी हुनेछ। तपाई आफ्नो व्यवसायको लागि विदेश सयर गर्नु हुनेछ। यस अवधिमा आय बढ्ने पूरा सम्भावना छ। तपाईको भाई-बहिनीबाट तपाईले लाभ उठाउन सक्नुहुन्छ। कार्यक्षेत्रमा अधिकारीहरुबाट तपाईलाई पूर्ण सहयोग प्राप्त हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

बुधले तपाईको राशिको ११ औं भावमा गोचर गरेको छ। यस परिवर्तनको प्रभावले १ जनवरी सन् २०१९ सम्म तपाईद्वारा गरिएका सम्पूर्ण कार्यमा पूर्ण सफलता मिल्नेछ। यद्यपि यस बीच निश्चित रुपमा केही रोकावट आउँन् सक्छ तर तपाई सफल जरुर हुनुहुनेछ। मौसमी रोगबाट स्वयमलाई बचाउनुहोला। जीवनसाथीसँगको तपाईको सम्बन्ध अझ बढी मजबूत हुनेछ। नोकरी पेशाका मानिसहरुले कार्यक्षेत्रमा सफलताको थुप्रै नयाँ अवसरहरु मिल्नेछ। छात्रा-छात्रको लागि यो समय अनुकूल छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

बुधले तपाईको राशिको १० औं भावमा गोचर गरेको छ। यसकारण १ जनवरी सन् २०१९ सम्मको समय करियरको मामिलामा निकै उतार-चढाव हुन् सक्छ। तर तपाई आफ्नो बुद्धि र समझदारीको बलमा सफलता जरुर हासिल गर्नुहुनेछ। पिताजीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। यस समय तपाई अदालती झमेलाबाट टाढा रहनुहोला। जीवनसाथी मिल्नेछ। वाहन चलाउँदाको समयमा सावधानी अपनाउनुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

बुधले तपाईको राशिको ९ औं भावमा प्रवेश गरेको छ। यस बदलावले १ जनवरी सन् २०१९ सम्म तपाई आफ्नो जीवनसाथीको मद्दतले समाजमा ईज्जत हासिल गर्नुहुनेछ र आर्थिक लाभको फाईदा लिनुहुनेछ। व्यवसाय या शिक्षाको लागि लामो यात्रामा जाने योग यस समयमा बन्नेछ। सामाजिक क्षेत्रमा तपाईको यश बढ्नेछ र पारिवारिक जीवन पनि सुखद् रहनेछ। यस समय तपाई आफ्नो हरेक फैसला ध्यानपूर्वक सोचेर मात्र लिनुहोला।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 + = 48