१२ दिनको तीर्थयात्रा सकेर कांग्रेस नेता पौडेल मंगलबार स्वदेश फर्किंदै

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं, १२ कात्तिक । पार्टीको काम छाडेर तीर्थयात्रामा निस्केका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मंगलबार राति स्वदेश फर्किने भएका छन् । नेता पौडेल श्रीमती र छोरासहित भारतमा तीर्थाटनका लागि गएका थिए ।

करिब १२ दिन लामो तीर्थ यात्रामा मुक्तिनाथ र पशुपतिनाथबाट ल्याएको जल गयामा चढाई पिण्डदान र पितृ तर्पण गरिएको नेता पौडेलले जनाएका छन् ।

उत्तराखण्डको हिमालयमा अवस्थित तीर्थस्थल केदारनाथधाम र बद्रीनाथधामसमेत पुगी पितृ तर्पण दिएको उनको भनाइ छ । नेता पौडेलले हरिद्वारमा योगगुरु रामदेव र आचार्य बालकृष्णसँग पनि भेटघाट गरेका थिए ।

नेता पौडेल भारत तीर्थाटन हिँडेपछि नेपाली कांग्रेसको बैठक स्थगित भएको छ । नेपाल विद्यार्थी संघको विधानमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेपछि पौडेलगायत चारजना नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । कांग्रेस केन्द्रीय समितिले सो निर्णय बहुमतले पारित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ = 36