नेपाल आइडलमा सेकेण्ड रनरअप प्रतापको अर्को गीत ‘पिलाई दियो’ सार्वजनिक (भिडियो सहित )

  • 255
  •  
  •  
  •  
  •  
    255
    Shares

काठमाडौँ, १२ कात्तिक । नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको नयाँ गीत ‘पिलाई दियो’ युट्युवमार्फत सार्वजनिक भएको छ । यतिबेला प्रतापको स्वरमा सजिएका गीतहरुयुट्युवमा आउने क्रम निरन्तर रहेको छ । उनले दुई दिन अघि मात्र ‘नामै काफी छ’ बजारमा ल्याएका थिए ।

सर्जक रामकृष्ण महराको शब्दमा रहेको ‘पिलाई दियो’ बोलको गीतमा प्रतापले स्वर दिएका हुन् । सुन्दै रमाइलो नाचौँ नाचौ लाग्ने बनेको गीतमा संगीतकार भिम विसीको संगीत रहेको छ भने आमोस तमाङले भिडियोलाई एरेन्ज गरेका छन् ।

गीतमा रञ्जित कुमार पौडेल र मुस्कानले निकै रमाइलोका साथ अभिनय गरेका छन् । अमुत सुनुवारको निर्देशन रहेको उत्तल गीतमा राज केसीले कोरियोग्राफको भूमिका निभएका छन् भने अभिषेक बज्राचार्यले छायांकन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =