के तपाई पनि श्रीमतीसँग डराउनु हुन्छ ?त्यसोभए यस्तो गर्नुहोस् १००%समाधान हुन्छ

  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares

काठमाडौ । के तपाइ आफ्नो जीवनसाथीसगँ डराउनुहुन्छ ।यदि त्यसो भए किन यस्तो हुन्छ आज हामी यसैको विषयमा कुरा गर्न गइरहेको छौ । सबैले भन्छन श्रीमान श्रीमतीको झगडा, परालको आगो हो भनेर तर यस्तो प्रवृत्ति महिलामा मात्र नभएर पुरुषमा पनि हुन्छन् । पुरुष आक्रामक हुदाँ महिला डराउँछन् भने महिला हावी हुदाँ कयौ पुरुष डराउँछन् ।तर यस्तो हुनु गलत बुझाइको कारणले यस्तो भएको हुनसक्छ ।

तर यो एक प्रक्रिया नै बनेको छ ।जब एक दम्पति वैवाहिक जीवनमा बाधिन्छन तब उनीहरुमा हल्का ठाकठुक भएन भने माया नै नहुने समेत भनिएको छ ।त्यसैगरी किन यस्तो हुन्छ भनेर एउटा अनुसन्धान गरिएको थियो त्यसमा वैवाहिक जीवन असफल भएका करिब हजार जना पुरुषलाई लिएर एक सर्वेक्षणले के देखाएको थियो भने श्रीमतीसँगको वादविवाद, घुर्की, धम्की, व्लाकमेलिङ लगायतका कारण उनीहरुलाई कार्यालय समय पछि घर जान समेत डर लाग्ने पत्तो लागेको छ ।

तर यसको मुख्य कारण चाही के रहेछ भने नार्सििसस्ट पर्सनालिटी डिअर्डरको लक्षण भएका श्रीमतीबाट श्रीमानलाई भय उत्पन्न हुने भएकाले यही कुरा श्रीमतीहरुमा पनि लागु हुने जनाइएको छ । र, यो डिसअर्डरबाट ग्रसित पुरुष श्रीमतीका लागि समस्याको कारण बन्ने रहेको छ ।किनकी नार्सि्सिस्ट पर्सनालिटी डिअर्डर एक प्रकारको व्यक्तित्व विकार भएको कारणले यसबाट ग्रसित व्यक्ति आफ्नै बारेमा मात्र सोच्ने गर्छन् र एकहोरो हुने भएकाले यस्तो हुने भएको हो । यसमा पनि उनीहरु आफैलाई मात्र सर्वोपरी ठान्दछन् । आफ्नै मात्र प्रसंसा होस, आफै प्रति मात्र सहानुभूति कायम होस् भन्ने सोच्छन् । र, अरुको वास्ता नगर्नाले पनि धेरैमा यस्तो समस्या रहेको हुन्छ ।

त्यसैगरी पुरुषहरुमा के छ भने पुरुषहरुले आफ्नो कुण्ठा मनमै दवाएर राख्ने गरको पनि भेटिएको छ । अरुसित समस्याबारे खुलेर कुरा राख्न सक्दैनन् । किनकी हाम्रो समाजले पुरुषलाई यस प्रकारले सबैभन्दा माथि राखेको छ कि मानौ पुरुष कमजोर हुनै सक्दैन । उनीहरुको आँखाबाट आसु खस्नै सक्दैन । जसले गर्दा ठूलो भन्दा ठूलो पिडा पनि उनीहरु मनमै दवाउने गरेको कारण पनि यस्तो भएको छ ।साथै यसको परिणामस्वरुप, श्रीमान तथा श्रीमतीबीचको लडाई तथा झैझगडाका उनीहरुको पार्टनर प्रत्येक दिनमा तनावमा रहनुका साथै एञ्जाइटीबाट ग्रसित हुनाले यस्तो समस्या देखिने गर्दछ ।र लामो समयसम्म स्वास्थ्यमा नकारात्मक असर परी तनाव, एञ्जाइटी तथा डिप्रेसनको समस्या निम्तन सक्छ ।
अब यस्तो भएमा के गर्ने त ?
यस्तो भएमा आफ्नो लाइफ पार्टनरलाई सम्झाएरै यस्तो किसिमको डर पैदा भएरमा तुरुन्तै कारण पत्ता लगाउने कोशिश गर्नुपर्छ । पार्टनरको क्रोध, हिंसा, बहस तथा व्याकमेलिङबाट किन डराईरहनु भएको छ यसबारे जान्नु नै उपयुक्त उपाय हो ।

त्यसका साथै अर्को उपाय यदि कारण पत्ता लागेको खण्डमा उक्त विषयमा पार्टनरसित कुरा गर्ने र समाधानको काम गर्ने तर कुनै कारणवस समस्या समाधान नभएमा वा पार्टनर आक्रामक भएमा अरुको सहायता लिन सकिन्छ । परिवारको सदस्यको मद्दत लिन सकिन्छ । मनोपरामर्शदातालाई सम्पर्क गर्न सकिन्छ । अन्यथा, यस किसिमको डर, त्रासका कारण दैनिकी कष्टकर हुनुका साथै वैवाहिक जीवन तहसनहस हुनसक्छ ।त्यसैले तपाइको आफ्नो बुझाइलाइ परिवर्तन गरी एक आपसमा समझदारी गर्नु नै मुख्य मन्त्र हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 ÷ 7 =