गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच धमाधम, १० महिनापछि सञ्चालनमा आउने (तस्बिर)

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं, १३ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिचको काम आजबाट सुरु भएको छ । अवको ६ महिनाभित्र रनवेको पिच सम्पन्न हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार सन् २०१९ अगस्टसम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भइ सञ्चालनमा आउने छ । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको हो ।

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व.सुशील कोइरालाले शिलान्यास गरेका थिए । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण काम रोकिएको थियो ।

अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ ।

आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने छ ।

स्तरोन्नतिपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रूपमा प्रयोग गरिने आयोजनाको दाबी छ । अहिलेको विमानस्थलको धावनमार्ग १ ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ ।

दक्षिण एशियाकै पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेन्डरमार्फत ठेक्का दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 ÷ 8 =