गायक प्रहलाद तिमल्सिनाको १० गीतको संगालो ‘महक–२’ सार्वजनिक

  • 62
  •  
  •  
  •  
  •  
    62
    Shares

काठमाडौं, १३ कात्तिक । गायक प्रहलाद तिमिल्सिना आफ्नो स्वरमा रेकर्ड भएका आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ आज सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संगीतकार शम्भुजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरि बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।

विमोचित ‘महक–२’ एल्बममा १० वटा गीत समावेश छन् । एल्बमका गीतहरुमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्रँचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । यी गीतहरु डा.कृष्णहरि बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् ।

जीवन लुइँटेलले एल्बका तीनवटा गीत रचना गरेका छन् भने राजेन्द्र थापाले पनि तीनवटै गीत रचना गरेका छन् । एल्बममा तिमीलाई नभेटु“ की, हिउ“ सरी, ढकमक्क गु“रास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देउ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीतहरु सुन्न सकिन्छ । गुञ्जन इन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ ।

चलचित्रको पाश्र्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एल्बम तयार पार्न समय लागेको गायक तिमिल्सिनाको भनाइ थियो । पहिलो एल्बमका अधिकांश गीतहरु लोकप्रिय भएपछि नेपाली चलचित्रको पाश्र्व गायनमा व्यस्त भएका गायक तिमिल्सिनाले यो अवधिमा एक सय वटा भन्दा बढि चलचित्रका गीतहरुमा आफ्नो स्वर प्रदान गरिसकेका छन् ।

गायक तिमल्सिनाले गाएका चलचित्रका गीतहरुमध्ये गाला रातै गाला रातै, फिगर कोकाकोला, बट स्लोली स्लोली, कहिले माया स्याड फेस, पिरो पिरो, झ्याप्पै आदि लोकप्रिय छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 81 = 88