ह्रस्व दीर्घ सिकाउने गीतको अपार सफलतापछि विमल घिमिरेले फेरी ल्याए सामाजिक शिक्षा सिकाउने अर्को नयाँ तिहार गीत (भिडियो हेर्नुहोस)

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौ । एआइए स्कुल शंखमुलको टिमले तयार पारेको ह्रस्व दीर्घका नियम सिकाउने गीतको अपार सफलतापछि फेरी अर्को नयाँ तिहार गीत बजारमा आएको छ ।पहिलेको गीतले गीतको माध्यमबाट ह्रस्व दीर्घको नियम सिकाइएको थियो भने यस तिहार गीतले सामाजिक शिक्षा सिकाइएको छ ।

एआइए स्कुलका प्रवन्ध निर्देशक समेत रहेका विमल घिमिरेको ह्रस्व दीर्घका नियम भन्ने बोलको गीतको परिकल्पना र शब्द गरेका हुन् भने राजकुमार घिमिरेको लय र शारदा पराजुलीले आवाज दिएकी थिइन ।

त्यसैगरी अहिलेको यस तिहार गीतको पनि उनकै शब्द रहेको छ ।जुन गीतले सामाजिक शिक्षा पढाउने उनले बताएका छन् । साथै यस गीतमा शब्द संरचनाका लागि उनलाई साथ खगेश्वर गिरी र कृष्ण प्रसाद गैरेले दिएका छन् भने संगीत राजकुमार घिमिरेले दिएका छन् ।त्यसैगरी यस गीतको भिडियो पनि बनाइएकोे उनले बताए ।यस भिडियोको छायांकन स्कुल परिसरमै गरिएको हो भने कलाकारको रुपमा एआइए स्कुल परिवार रहेका छन् ।यस गीतले प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तिहारका देउसी भैलोको भाकामा तयार पारिएको छ । बाँकी भिडियोमा हेर्नुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 ÷ 13 =