फेसबुकले किन लाखौँ फलोअर्स भएको अकाउन्ट डिलिट गर्यो ? त्यसको कारण यस्तो रहेको छ

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौ । फेसबुकले लाखौँ फलोअर्स भएका अकाउन्ट डिलिट गरेको छ । ती फेसबुकमा रंगभेद सम्बन्धी टिप्पणी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धका लेखलगायतका विभिन्न सामग्रीहरु शेयर गर्ने गरिएकाले डिलिट गरिएको जनाएको छ ।

इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेको बताइएको छ ।त्यसैगरी फेसबुकले हटाएका कूल अकाउन्टको संख्या १० लाखभन्दा धेरै रहेको समेत जनाएको छ । जुुन हटाइएको फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका रहेका थिए ।

त्यसका साथै एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक भएको दाबी गरेका थिए ।र ती अकाउन्टहरु डिलिट गरेको सूचना फेसबुकले विभिन्न अनुसन्धानकर्ताहरु, प्रविधि कम्पनीहरु तथा अमेरिका र बेलायतको सरकारलाई पनि जानकारी गराएको छ ।यो डिलिट गर्नुको मुख्य कारण फेसबुक, ट्वीटर र गुगलले इरानको प्रोपोगान्डा रोक्नका लागि यस्ता कदमहरु बेलाबेलामा चाल्ने गरेकाले यस्तो गरेको जनाएको छ । तर ती अकाउन्टको सम्बन्ध इरान सरकारसँग रहे नरहेको चाहिँ खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

91 ÷ 91 =