धेरैलाई हँसाएर चर्चामा आएकी काउली बुढी द्वारा अभिनित निकै रमाइलो देउसी भैलो गीत, रमाइलो भिडियो हेर्नुहोस

  • 177
  •  
  •  
  •  
  •  
    177
    Shares

काठमाडौँ,१४ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड दिपावी नजिकिदै गर्दा नयाँ नयाँ देउसी भैली गीतहरु बजारमा आउन थालेका छन् । परम्परा देखि मान्दै आएको संस्कारलाई सभ्य तरिकाले मनाउने सन्देश दिँदै लोक गायक शिवप्रसाद देवकोटाले देउसी भैली गीत बजारमा ल्याएका हुन् ।
शिव प्रसाद देवकोटाको शब्द र संगीतमा रहेको देउसी भैली गीतलाई प्रेमा राना मगर र शिव प्रसाद देवकोटाले स्वर भरेका छन् ।
सदियौँदेखि मान्दै आएको महान चाड तिहारलाई लाई सभ्य बनाउँऔँ भड्किलो र देखासेखीमा नरमाऔँ भन्दै गीतबाट नै संन्देश दिएको छ ।
जिनियस म्युजिकको प्रस्तुतीमा रहेको गीतलाई नरेन्द्र वियोगीले संगीतमा साथ दिएका छन् भने गीतलाई रमाइलो बनाउनको लागि अभिनयमा सन्ध्या बुढा (काउली बुढी) ले साथ दिएकी छन् ।
वरिष्ठ नृत्य निर्देशक शिव विकको निर्देशनमा बनेको म्युजिक भिडियोलाई दिपेन्द्र भट्टले छायांकन तथा सम्पादन गरेका छन् । केही दिनअघि मात्र युट्युव मार्फत रिलिज गरिएको देउसी भैली गीतलाई दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् भने थोरै समयमा राम्रो भिओर्स कमाउन सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − = 3