शिक्षकले पढाइरहेका बेला बाहिर निस्कन्छौ भन्दै हिडेका ३ किशोरीले किन गरे विष सेवन ? खुल्यो रहस्य

  • 102
  •  
  •  
  •  
  •  
    102
    Shares

बुटवल – आज दिउँसो गुल्मीको एक विद्यालयका १६ बर्षका तीनवटी छात्राले विष सेवन गरेका छन् ।गुल्मीको रेसुङ्गा नगरपालिका ११ को सिमिचौरस्थित भगवती माध्यामिक विद्यालयका तीनवटी छात्राले एकैसाथ विष सेवन गरेका हुन् । उक्त विद्यालयका कक्षा १० मा अध्ययनरत छात्राहरुले पानीको बोत्तलमा विष राखेर सेवन गरेर बेहोस भएका हुन् ।उक्त तीनवटी छात्रा मध्य रमिता (नाम परिर्वन) ले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको बताइएको छ ।

साथै रमिताले विष राखेर पिएको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्किएर पिउँदा उनीहरु पनि अर्धचेत भएको बताइएको छ । सपना थापा र पार्वती बिसीलाइ भने उपचारको लागी पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार शिक्षकले विद्यालय बन्द भएपनि गणित विषय पढाउँदै गर्दा शौचालय जान्छौ भनि निस्किएको बेला उक्त घटना भएको बताएका छन् । घटनाका सम्वन्धमा गम्भिर अनुसन्धान हुनुपर्ने स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =