बाबुराम भट्टराईको ट्विटर फ्लोअर्सको संख्या १० लाख, नेपालमा सबैभन्दा बढी

  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं, १५ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईको ट्विटर फ्लोअर्सको संख्या १० लाख पुगेको छ ।

नेपालमा सबैभन्दा बढी ट्विटर फ्लोअर्स भएको भन्दै ट्विटरले आधिकारिक रूपमा भट्टराईलाई बधाई दिएको छ ।

बाबुरामले अहिलेसम्म आठ हजार पाँच सय १९ ट्विट गरेका छन् । ४४२ जनालाई उनले फ्लो गरेका छन् । नेपालका राजनीतिक दलका नेताहरूमा बाबुराम सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने, आफ्ना धारणा र टिप्पणी सामाजिक सञ्जालमा राख्नेमा पर्छन् ।

बाबुरामपछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको ट्विटर फ्लोअर्सको संख्या धेरै छ । मिश्रको ट्विटर फ्लोअर्स आठ लाख २१ हजार नाघेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 3