पूर्वराजा ज्ञानेन्द्रलाई प्रमुख अतिथिको रुपमा भारतले बोलायो , नेपालमा भने उनको वास्ता नभएपनि भारतले गर्यो सम्मान

  • 3.2K
  •  
  •  
  •  
  •  
    3.2K
    Shares

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख अतिथिको रुपमा भारतको एक कार्यक्रम जाने कुराले अहिले सञ्चारमाध्यमा ठुलै हल्ला मच्चाएको छ ।

हरेक वर्ष जनवरी २६ मा मनाइने भारतको गणतन्त्र दिवसमा अवसरमा प्रमुख अतिथिको रुपमा सहभागी हुन एक विशिष्ट ब्यक्तिलाइ बोलाइने गरिन्थ्यो तर यो पटकको ७०औं गणतन्त्र दिवसमा नेपालका राजा ज्ञानेन्द्रलाइ बोलाइने भएको भारतीय सञ्चारमाले जनाएको छ ।

त्यसैगरी सन् २०१९ जनवरी २६ मा भारतमा मनाइने गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निमन्त्रणा पठाइएको भएता पनि उनी नआउने भएपछि अहिले अर्को अथितिको चर्चा चलेको हो । तर ज्ञानेन्द्रसँगै रसियन राष्ट्रपति भ्यादिमिर पुटिन, माल्दिभ्सका नवनिर्वा्चित राष्ट्रपति इब्राहिम महमद सलही र भियतनामका सरकार प्रमुखको पनि चर्चा शुरु भएको भन्दै समाचार सम्प्रेषण भएको छ ।

तर उनको नेपालमा राजतन्त्रको अन्त्य भएसगै उनको पनि कुनै पनि कार्यक्रममा सहभागिता रहेको थिएन ।तर राजतन्त्र फिर्ताहुने विषयमा चर्चा सुरु भएको छ । यसै समयमा उनको यो भारतको अतिथिको चर्चा सगै उनी अहिले उदाएका छन ।

त्यसैगरी केहि समय अगाडी उनी भारत भ्रमणको क्रममा रहँदा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश भ्रमण गराएका थिए । त्यसै भेटको क्रममा भारतीय विशिष्ट मानिसहरुले समेत प्रवेश नपाउने मन्दिरमा ज्ञानेन्द्रलाई नेपालको राजा कै हैसियतमा पूजापाठको व्यवस्था पनि गरिएको थियो । यसैको कारण उनको झुकाव भारतप्रति बढेको छ । तर प्रमुख अतिथिको चर्चा चलेको भएता पनि दोस्रो रोजाईको रुपमा ज्ञानेन्द्र उक्त कार्यक्रममा उपस्थित हुन्छन् की हुँदैनन् भन्ने हेर्न भने बाँकि नै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

59 + = 65