बलिउडकी चर्चित अभिनेत्री सनी लियोलीले नेपाली फिल्म पासर्वडमा आइटम डान्स गरेपछि यस्तो प्रतिक्रिया दिईन् !

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं । नेपाली चलचित्र पासवर्डको आइटम डान्सको लागि बलिउड अभिनेत्री सनी लियोलीलाइ ल्याउने भएको छ । एबी इन्टरनेशनल र अडबल मोसन पिक्चर्सले निमार्ण गर्ने यस चलचित्रको लन्डनमा छायांकन हुने निमार्ण टिमले जनाएको छ ।

यस चलचित्रमा नायक रुपमा अनुप विक्रम साही र सनी लियोनी लगायतका केही नेपालका चर्चित कलाकारहरु रहेका छन भने यसको सम्राट बस्नेतले निर्देशन गर्दै छन । साथै यसमा नेपाली र विदेशको दुवै संस्कृतिलाइ जोडने विषयवस्तु भएकाले बलिउडको कलाकारलाइ पनि समेटेको जनाएको छ ।

यसै क्रममा नेपाली फिल्मको गीतमा आइटम डान्सको लागि छानिएकी बलिउड अभिनेत्री सनी लियोलीले पनि खुसी व्यक्त गरेकी छिन् । उनले एक ट्वीट गदै लेखिन्“ आउँदै गरेको बहुप्रतिक्षित नेपाली फिल्म पासवर्डको यो डान्स नम्बरको हिस्सा हुन पाएकोमा निकै खुसी छु” भनेर ट्वीट गरेकी छिन । सनीको यो आइटम डान्स आगामी नेपाली फिल्म पासवर्डमा हुनेछ । कस्तो हुन्छ त्यो भने हेर्न बाकी नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ = 8