लिग वानमा पिएसजीको लगातार १२ औं जित, नेयमार र एमबाप्पेको गोल

  • 91
  •  
  •  
  •  
  •  
    91
    Shares

काठमाडौंः फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार १२ औं जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा लिललाई २–१ ले पराजित गर्दै पिएसजीले १२ औं जित दर्ता गरेको हो ।

पीएसजीको जितमा किलियन एमबाप्पे र नेयमारले गोल गरे । खेलको अन्तिम समयमा लिलले सान्त्वना गोल फर्काएपनि त्यसले नतिजामा असर परेन ।

दोस्रो हाफमा युवा फरवार्ड एमबाप्पेले पीएसजीलाई अग्रता दिलाए । उनले मिडफिल्डबाट आएको नेयमारको थ्रु पासलाई ७० अौं मिनेटमा गोल गरे । त्यसको १४ मिनेटपछि नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि सम्भव हुन सकेन । यस जितसँगै पीएसजीले १२ खेलमा ३६ अंक पुर्याएको छ । दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 76 = 81