कांग्रेसमा थपिए अर्को डाक्टर, चन्द्र भण्डारीले गरे विद्यावारिधी

  • 482
  •  
  •  
  •  
  •  
    482
    Shares

काठमाडौंः नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा विद्यावारिधी गरेका छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा भण्डारीले शनिवारनै आफ्नो सोधको डिफेन्स गरेका थिए ।

राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा भण्डारीको यो सोध सम्भवत विश्वविद्यालयकै पहिलो सोध हो ।  आफ्नो सोधमा भण्डारीले राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, भाषिक र धार्मीक बिषयको अध्ययन गरेका छन् ।

उनको सोधमा विश्वव्यापीकरणको प्रभावले नेपालको राष्ट्र राज्य प्रकृयामा आर्थिकका केहि मानक बाहेक सबै क्षेत्रमा नकारात्मक रहेको देखिएको छ । नेपालको आगामि दिन अझ बढि कठिन र चुनौतीपुर्ण रहेको भण्डारीको सोधको निष्कर्ष रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ = 12