प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नामाउथलाई हरायो

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौंः इंग्लिस प्रमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बार्नामाउथलाई उसकै मैदानमा हराएको छ । शनिवार साँझ भएको खेलमा युनाइटेडले बार्नामाउथलाई २-१ गोलले हराएको हो । १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै युनाइटेडले बार्नामाउथलाई हराएको हो ।
युनाइटेडको जितमा एन्थोनी मार्सियाल र मार्कस रासफोर्डले १-१ गोल गरे । बर्नामाउथका लागि कलुम विलसनले गोल गरे । बर्नामाउथले भ्रमणकारी टोली युनाइटेडलाई खेलको ११ औं मिनेटमा पछि पारेको थियो ।

विलसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर ३५ औं मिनेटमा एलेक्सेस सान्चेसको पासमा मार्सियालले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलमा युनाइटेडले पटक पटक गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न नसकेको अवस्थामा इन्जुरी टाइममा रासफोर्डले गोल गर्दै युनाइटेडलाई जित दिलाए । जितसँगै २० अंक जोडेको युनाइटेड सातौं स्थानमा उक्लिएको छ । समान अंक जोडेको बार्नामाउथ गोल संख्याका आधारमा छैटौं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =