सोलारीको नेतृत्वमा रियल रियल मड्रिडको दोस्रो जित, भलाडोलिड २-० ले पराजित

  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

काठमाडौंः अन्तरिम प्रशिक्षक सेन्टियागो सोलारीको नेतृत्वमा रियल मड्रिडले लगातार दोस्रो जित निकालेका छ । जुलन लोपेटेगुईको बर्खास्तीपछि टोली सम्हालेका सोलारीले पहिलो खेलमा कोपा डेल रे मा मेलिला माथि जित निकालेका थिए ।

उनको नेतृत्वको दोस्रो खेलमा रियल मड्रिडले रियल भलाडोलिडलाई २-० गोलले हराएको हो । ला लिगा अन्तर्गत घरेलु मैदानमा भलाडोलिडलाई हराउने क्रममा सर्जियो रामोसले गोल गरे भने एक गोल भने मड्रिडले उपहार पाएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए ।

रियलले पहिलो गोल भने उपहार पाएको थियो । खेलको ७३ औं मिनेटमा मार्को एसेन्सियोको स्थानमा मैदान प्रवेश गरेका भिनिसियस जुनियरले ८३ औं मिनेटमा प्रहार गरेको उत्कृष्ट प्रहारलाई भलाडोलिडका किकोले गोलमा परिणत गरेपछि रियलले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि रियलले पेनाल्टी पाएको थियो । त्यसमा कप्तान सर्जियो रामोस चुकेनन र मड्रिडका लागि दोस्रो गोल गरे । रामोसको गोलसँगै रियल विजयी भयो ।

जितसँगै ११ खेलबाट १७ अंक जोडेको रियल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट १६ खंक जोडेको भलाडोलिड भने आठौं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 27