मिस नेपाल शृंखला खतिवडाको आज जन्मदिन, कति वर्ष लागिन् त ?

  • 202
  •  
  •  
  •  
  •  
    202
    Shares

काठमाडौं, १८ कात्तिक । मिस नेपाल शृंखला खतिवडाको आज जन्मदिन । सन् १९९५ नोभेम्बर ३ तारिखका दिन उनी जन्मेकी हुन् । तर, पनि आज उनी आफ्नो २४औं जन्मदिन मनाउँदैछिन् ।

मिस नेपाल २०१८ का २५ जना सहभागीमध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि तीनवटा काम के गर्नुपर्ला’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन् ।

मकवानपुर घर भएकी शृंखला राजनीतिक परिवारकी सदस्य हुन् । उनका बाबु विरोध खतिवडा तत्कालीन एमाले र हाल नेकपाका चर्चित नेता तथा सांसद हुन् । उनकी आमा मनु सिग्देल पनि राजनीतिमा छिन् ।

शृंखलाले एसएलसी हेटौंडा एकेडेमीबाट दिएकी हुन् । उच्च शिक्षा अध्ययनका क्रममा काठमाडौं आएकी उनले गोल्डेन गेट कलेजबाट प्लस टु सकिन् । आर्किटेचर इन्जिनियरिङ उनले पुल्चोक क्याम्पसबाट गरेकी हुन् ।

उनले लुमन्ती सपोर्ट ग्रुप अफ सेल्टरका माध्यमबाट समाजसेवा गर्दै आएकी छन् । आगामी मंसिर २२ गते हुने मिस वल्र्डमा उनले सहभागिता जनाउने भएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 4