अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटले भारतमा दीपावली फिक्का हुने संकेत, इरानसँग तेल खरिद गरे भारतमाथि प्रतिबन्ध लाग्ने

  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares

एजेन्सी, १८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्विट यतिखेर निकै चर्चित छ । जुन ट्विटले भारतको चिन्ता बढाएको छ ।

इरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्विटले चिन्ता बढाएको हो । ट्रम्पले ट्विट गर्दै नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारीबारे स्मरण गराएका छन् ।

यसअघि भारतीय अधिकारीहरुले इरानसँग तेल खरिदमा भारतलाई अमेरिकाबाट छुट प्राप्त हुने संकेत पाएको जनाएका थिए ।

भारतीय अधिकारीहरुको अपेक्षाविपरीत ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘प्रतिबन्ध लागू हुँदैछ, ५ नोभेम्बर ।’ उनको यो ट्वीटले अमेरिका आफ्नो नीतिमा अडिग रहेको संकेत गरेको छ ।

अमेरिकाको चेतावनीका बाबजुद भारतले इरानसँग तेल खरिद गर्ने निर्णय गरेमा भारतको यसपटकको दीपावली फिक्का हुने देखिन्छ । अमेरिकाले इरानसँग तेल खरिद गरेमा भारतमाथि तत्कालै कडा प्रतिबन्ध लगाउने सक्ने कूटनीतिक मामिलाका विज्ञहरु बताउँछन् ।

भारतले यसअघि नै अमेरिकालाई चिढ्याइसकेको छ । अमेरिकाको सुझावविपरीत भारतले रुससँग हतियार सम्झौता गरेर अमेरिकालाई चिढ्याएको हो । अमेरिकाको प्रतिबन्धविपरीत अब इरानसँग तेल खरिद गर्ने हो भने भारतले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने देखिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले केहीसाता अघि भारतले चाँडै नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । उनले रुससँग भारतले खरिद गर्न सम्झौता गरेको क्षेप्यास्त्र प्रतिरोधी सिस्टमका बारेमा केन्द्रीत रहेर उक्त प्रतिक्रिया दिएका थिए । अमेरिकाको प्रतिबन्धका बाबजुद अब ईरानसँग पनि भारतले तेल खरिद गर्ने हो भने ट्रम्प प्रशासनले भारतविरुद्ध कडा कदम चाल्ने निश्चितप्रायः छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 68 = 77