ओली सरकारका मन्त्रीहरूको थरीथरी लीला, कोही केबुलकारको डिब्बा उद्घाटन गर्ने, कोही चिया खान हेलिकोप्टर चढेर जाने

  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं, १८ कात्तिक । नेकपा अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनेको नौ महिना बितिसकेको छ । यस अवधिमा ओली सरकार लोकप्रिय हुनुभन्दा झन्झन् अलोकप्रिय बन्दै जान थालेको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा रहेका प्रायः मन्त्री कुनै न कुनै कारण चर्चामा आइरहन्छन् । राम्रो कामभन्दा पनि बेढंग र नराम्रो कामका कारण ओली सरकारका मन्त्रीहरू बदनाम भइरहेका छन् । दशैंअघि पत्रकारहरूलाई पैसा लिन बोलाएर सञ्चारमन्त्री गोकुल बास्कोटा विवादित बने । उनी सरकारका प्रवक्तासमेत हुन् । यसअघि उनी नेपाल टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा पत्रकार राजु थापासँग झगडाका साथै उनलाई हटाएर चर्चामा आएका थिए ।

अहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चिया खान जाँदा नेपाली सेनाको हेलिकोप्टर लिएर गएको घटनाले विवादमा आएका छन् । रक्षामन्त्री पोखरेल शनिबार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टर चढेर । भइरहेको क्रिकेट प्रतियोगितामा सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए ।

एनप्याब्सन बाराको आयोजनामा १० कात्तिकबाट सुरु भएको प्रतियोगिताबाट राष्ट्रियस्तरका खेलाडी छनोट गर्ने उद्देश्य छ । उनकै कारण जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थगित भयो ।

यसअघि पनि रक्षामन्त्री सेनाकै हेलिकोप्टर चढेर तनहुँमा नेकपाका नेता किसान श्रेष्ठलाई समवेदना दिन पुगेका थिए । श्रेष्ठका बाबु निधन भएकोमा उनलाई समवेदना दिन पोखरेलले सेनाको हेलिकोप्टर प्रयोग गरेका थिए ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि विभिन्न घटनाका कारण विवाद र चर्चामा आउने गरेका छन् । केही समयअघि गोरखाको मनकामना केबुलकारका तीन डिब्बा उद्घाटन गर्न गएर उनी चर्चामा आएका थिए । यस्तै, उनले गौतम बुद्ध विमानस्थलको रनवे पिचको सावेल र बेल्चा बोकेर उद्घाटन गरेका थिए । यो कार्यले उनी विवादमा आएका थिए ।

अहिले उनी देशका विभिन्न जिल्लामा बन्द भएका हवाई मैदान उद्घाटन गर्न गएको गयै छन् । मन्त्री अधिकारीले जुम्ला सदरमुकाम खलंगास्थित डुडुल चैत्य (बोधी चैत्य) को गत बुधबार एक समारोबीच उदघाटन गरे । डुडुल चैत्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भखरै सार्वजनिक गरेको सय गन्तव्य मध्येको एउटा गन्तव्य पनि हो । तर, मन्त्री अधिकारीले मर्मतका लागि बन्द गरिएको विमानस्थल आफू जानकै लागि खुला गरेको तथ्य खुल्न आएको छ । मन्त्री अधिकारी, मन्त्रालय तथा प्राधिकरणको माथिल्लो तहमा बसेको कर्मचारीले मर्मत भइरहेको विमानस्थल ६ दिनका लागि खुला गर्न निर्देशन दिएका थिए ।

यस्तै, उनी आफ्नो पासपोर्टको भिसा च्यातिएका कारण पनि चर्चामा छन् । मन्त्री अधिकारी सोमबारदेखि बेलायतको लन्डनमा हुने एक पर्यटनसम्बन्धी कार्यक्रममा जान लागेका थिए । तर, उनको पासपोर्ट र भिसा च्यातिएको छ । मन्त्रीकै पासपोर्ट र भिसा च्यातिएको भन्दै उनको आलोचना भएको छ । युरोपियन मुलुकहरूको भिसाको काम गर्ने ललितपुरको भिएफएस ग्लोबल नेपालले मन्त्री अधिकारीको भिसा च्यातिदिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + = 17