दार्जिलिङपछि काठमाडौं आइपुग्यो प्रदीप खड्का र जसिता गुरुङको ‘लभ स्टेसन’

  • 282
  •  
  •  
  •  
  •  
    282
    Shares

काठमाडौं, १८ कात्तिक । प्रदीप खडका र जसिता गुरुङ अभिनित नयाँ चलचित्र ‘लभ स्टेसन’को यतिबेला काठमाडौंमा छायाँकन भइरहेको छ । चलचित्रको दुईवटा गीतबाहेकको बाँकी छायाँकन तिहारअघि नै काठमाडौंमा सकिँदैछ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकेर चलचित्र चलचित्र ‘लभ स्टेसन’को युनिट दुई दिनअघि काठमाडौं आएको हो ।

काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन यतिीबेला भइरहेको छ । तिहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने निर्माता गोविन्द शाहीले बताएका छन् । ‘हामीले लक्ष्मीपूजासम्म करिब ९० प्रतिशत छायाँकन सक्दै छौं । अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाँकन सम्पन्न गर्नेछौं,’ निर्माता शाहीले भने, ‘हामीले तोकेको निर्धारित ४५ दिनभित्रै चलचित्रको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देशव्यापी रिलिज गर्नेछौं ।’

चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र लभ स्टेसन सांगीतिक प्रेमकथामा आधारित पारिवारिक सिनेमा हो । प्रदीप र जसिताले अहिलेसम्मकै राम्रो काम गरेको निर्देशक घिमिरेको भनाइ छ ।

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेसनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेसनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 5