२०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाल प्रहरीले सुरक्षा दिने, तयारी यस्तो छ हेर्नुहोस

  • 248
  •  
  •  
  •  
  •  
    248
    Shares

काठमाडौ । २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाल प्रहरीले शुरक्षा दिने विषयले अहिले निकै चर्चा पाएको छ  । यससगै कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कतारको आन्तरिक मामिला मन्त्रालयले विश्वकपमा नेपालको नेपाल प्रहरीले सुरक्षा सहयोग दिनुपर्ने सम्बन्धमा छलफल गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।

साथै उनका अनुसार विश्वकप अवधिमा मेडिकल र प्राविधिक टोलीको आवश्यकता कतारले औंल्याएको र यस विषयमा पछि विस्तारमा छलफल हुने प्रवक्ता सुवेदीले बताए । त्यसैगरी गत साउनमा काठमाडौंमा गृहमन्त्री रामबहादुर थापासँग भेटेर नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपका लागि नेपाल सरकारसँग सम्झौता गरेर सुरक्षा गार्ड लैजान इच्छुक रहेको औपचारिक जानकारी गराएका थिए ।

त्यसैगरी महानिरीक्षक खनालको भ्रमणको क्रममा नेपाल प्रहरी र कतारको आन्तरिक मामिला मन्त्रालयबीच अपराध रोकथाम र नियन्त्रण, तालिम र प्राविधिक सहयोगमा सहकार्य गर्ने समझदारी भएको छ,भने कतारको आन्तरिक मामिला मन्त्रालय र नेपाल प्रहरीबीच यस सम्बन्धी आशय पत्रमा समेत हस्ताक्षर भएको हो ।

तर यसअघि प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीको नेतृत्वमा गएको टोलीले विषयगत छलफलमा सहमती मात्र जनाएर फर्किएको थियो भने उनको टोलीले दुई देशबीच तालिम आदानप्रदानका विषयमा समझदारी गरेको थियो ।

तर महानिरीक्षक सर्वेन्द्र खनाल र सार्वजनिक सुरक्षाका महानिर्देशक स्टाफ मेजर जर्नेल शाद विन जसिम अल खुलाइफीले आसयपत्रमा हस्ताक्षर गरेका कतारको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ ।त्यसैगरी कतार सरकारले नेपाली सुरुक्षा गार्ड लान चासो देखाएपनि नेपालले सहयोग गर्न नेपाल प्रहरी कतार जाने विषयमा अहिले छलफलमात्र भएकोले अरु कुरा बाकी रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 40 = 46