आफ्नै बाबुले पटकपटक बलात्कार गर्दा ज्यान गयो १० वर्षीया बालिकाको

  • 363
  •  
  •  
  •  
  •  
    363
    Shares

बाबुबाट यौन दुव्र्यवहार गरिएकी नेपालगञ्जकी १० वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।आफ्नै बाबुबाट त कात्तिक ३, ४ र ५ गते पटकपटक यौन दुर्व्यवहारको शिकार भएकी नेपालगन्ज उपमहानगर–२१ पुरैनाकी उनको उपचारको क्रममा मृत्यु भएको हो । १२ कात्तिकमा बेहोस अबस्थामा उनलाई नेपलगञ्ज मेडिकल कलेजको आईसियूमा भर्ना गरिएको थियो ।

उपचार गराइरहेकी उनको मृत्यु भएपछि गत शुक्रबार मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको थियो ।बालिकाको मृत्यु भएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन् । पोलियो रोगले अपांगता भएकी बालिकालाई तेल लगाउने गरिएको उनकी आमाले बताएकि छन् ।जाहेरीमा मृतक बालिकाका बुबाले तेल लगाउने बहानामा स्तन समाउने, योनीमा औंला पसाएर यौन दुर्व्यवहार गरेको उल्लेख गरिएको छ ।प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार अब पोस्टमार्टम रिपोर्टअनुसार मुद्दा प्रक्रिया अगाडि बढ्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 ÷ = 22