के तपाई राती अबेर खाना खानुहुन्छ ?अब त्यो बानी हटाउनुहोस , जसको कारण यस्तो रोगहरु लाग्छन्

  • 80
  •  
  •  
  •  
  •  
    80
    Shares

काठमाडौ । के तपाई रात ढिला खाना खानुहुन्छ ? त्यसो भए त्यो बानी आजैदेखि हटाउनुहोस ,किनकी यो बानीले तपाईको आयु घटाउदै छ । यसलाइ विद्धानहरु नराम्रो बानी मान्दछन् ।

किनकी अहिलेको मानिस बाठो छौ भन्दै राती अबेरसम्म फेसबुक चलाएर र यूटुब हेरेर ढिला खाने गर्दछन् । तर यो खराब बानी हो । यसले यस्ता खतरनाक समस्याहरु निम्त्याउछ ,

पहिलो कुरो यसले मोटोपन बढाउने काम गर्छ । राती अबेर खाएको खानालाई पाचन यन्त्रले पचाउनका लागि समस्या हुन्छ । जसको कारण शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले मुटु रोगको खतरालाई पनि बढाएर लान्छ । शरीरमा तौल बढ्ने मुख्य कारण अबेर गरिने भोजन हो । ढिलो सुत्दा पनि मोटोपनको समस्या हुन्छ ।

त्यसैगरी तनाव बढाउछ । खान ढिला गर्दा निद्रा पनि समस्या हुन थाल्छ । जसले बिहानदेखि वेलुकीसम्म थकाईको अनुभुति गराउँछ । त्यसैले, तनावमुक्त जिन्दगी चाहने भने बुलुकीको खाना छिटो खाने र सुत्ने बानी बसाउन जरुरी हुन्छ ।

त्यसैगरी खाना खाएपछि काम नगर्दा शरिरले खानालाई राम्रोसँग पचाउन सक्दैन । जसको कारण उच्च रक्तचापको समस्या सृजना हुन जान्छ ।त्यसैगरी ढिला खाएको खानाले मधुमेहको समस्या पनि निम्त्याउँछ । प्रायले खानापछि गुलियो खान्छन् । जसको कारण पनि रगतमा चिनीको मात्रा बढ्न थाल्छ । जुन अस्वस्थताको कारण बन्छ ।

त्यसैगरी मानिसमा अपचको समस्या हुन्छ । त्यस्ता मानिसले त अझ कहिल्यै पनि ढिलो डिनर गर्नु हुँदैन । किनकी ढिलो डिनर गर्ने बानीले समस्यलाई थप बढाएर लैजान्छ ।

त्यसैगरी छटपटीको समस्या निम्त्याउँने गर्छ । यदि तपाई राम्रोसँग पुरा निद्रा सुत्न पाउनुभएको छैन भने त्यसको असर शारिरिक मात्र नभएर मानसिक स्वास्थ्यमा पनि पर्न जान्छ । किनकी यसो हुँदा दिमागले पर्याप्त आराम पाउँदैन र यस्तो हुन्छ ।

त्यसैगरी डिनर ढिलो गरेर सुत्दा खाना फुड पाइपमा आएर बस्न सक्छ । जसको कारण बेचैन र छटपटि हुन थाल्छ । अनि निद्रा पर्नै गाह्रो हुन्छ । त्यसैले स्वस्थ जीवनको लागि खाने र सुत्नेको उपयुक्त नियम बनाउन जरुरी हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 31 = 40