सेनटरी प्याडको प्रयोगबारे बुझ्न विद्यालयमा छात्राहरुलाई नै पारियो नाङगै

  • 131
  •  
  •  
  •  
  •  
    131
    Shares

एजेन्सी,१८ कात्तिक । भारतको पञ्जाब राज्यको एक विद्यालयमा छात्राहरुमा सेनिटरी प्याडको प्रयोग बारे बुझ्न एक शिक्षिकाले छात्राहरुलाई नाङ्गै पारेपछि विवाद उत्पन्न भएको छ । फाल्जिका विद्यालयकी एक शिक्षिकाले कक्षा ७ र ८ मा पर्ने विद्यार्थीहरुलाई यस्तो गरेकी हुन् ।

विद्यालयको ट्वाइलेटमा सेनीटरी प्याड फेला पारेपछि ट्वाइलेटको पाइप नै अवरुद्ध हुने भएको कारण रिसले चुर भएकी शिक्षिकाले कक्षामा गएर छात्राहरुलाई नाङ्गै बनाएर चेक गरेकी हुन् । उनले प्याडको सहि प्रयोग बारे बताउनको साटो कसले गरेको हो भन्ने पत्ता लगाउन यस्तो गरेको आरोपी शिक्षिकाले बताइन् ।

यसरी पिडित छात्राहरुले घरमा आमाबुबालाई यस्तो कुरा बताएपछिघटना बाहिरिएको हो । घटना सार्वजनिक भएलगतै आरोपित शिक्षिकााई प्रहरीले पक्राउ गरेको छ । घटना गम्भिर भएको भन्दै मुख्यमन्त्रीले घटनाको बारेमा छनबिन गर्न समेत चेतावनी दिएका छन् । १०,१२ वर्षका छात्राहरुको बेइज्जत गरेको भन्दै अभिभावकहरु आरोपित शिक्षिका प्रति आक्रोशित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

82 − 77 =