यी ६ रोगहरुको अचुक औषधी नरिवल ,किन चढाइन्छ त मन्दिरमा नरिवल ?हेरौ यसको भित्री रहस्य

  • 208
  •  
  •  
  •  
  •  
    208
    Shares

काठमाडौ । परापूर्वकाल देखि मानिसहरुको आफ्नो आफ्नो परम्परा रहेको हुन्छ । त्यसैमा नरिवल पनि एउटा पहिलेदेखि नै पवित्र रुपमा मन्दिरमा चढाउने फल हो । हिन्दू धर्म अनुसार यसको आफ्नो महत्व रहेको छ । मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येमा सबैभन्दा बढी नरिवल प्रयोग गरिन्छ । नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ । श्रीफला पनि भनिन्छ नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’भनेर पनि भनिएको छ ।

त्यसैगरी यसको उत्पत्ति इन्डोनेशियाबाट भएको हो । पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइएको हो ।

कहा प्रयोग गर्ने त हेर्नुस ,,यसको प्रयोग धेरै नै शुभकार्यमा गरिन्छ । साथै तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ । त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुने मान्यता रहेको छ । नरिवललाइ विवाहमा , कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा यसको प्रयोग गरिन्छ । त्यसैगरी बाटो तथा पुल निर्माण गरिसकेपछि त्यसको उत्घाटन गर्दा पनि प्रयोग गरिन्छ । घरको जग हाल्दा पनि नरिवल फुटाएर कार्यको थालनी गरिन्छ ।
त्यसैगरी यसलाइ पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडी वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ । नरिवललाइ दुइ टुक्रा बनाएर भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ । नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ । परम्परा अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइएको छ ।

किन मन्दिरमा चढाउने मान्यताहरु ,,त्यसैगरी यसको अर्को गहिरो मान्यता यसको पछाडि लुकेको छ ।यसको रहस्य यो हो , परापुर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चलाउन थालिएको हो । किनभने यो मानिसको टाउकोको प्रतिनिधित्वको लागि नरिवल प्रयोग गरिएको हो । नरिवलमा हुने दागहरुले मानिसको टाउको जस्तै आकारको हुनाले नरिवलनै छानिएको भनिन्छ । त्यसको सट्टामा टाउकोको आकारकै नरिवल प्रयोग गरिएको हो ।
यसको सङ्गकेत नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकार पनि टुट्ने बुझिन्छ । अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो शत्रु मानिन्छ । हिन्दु ग्रन्थ अनुसार नरिवल फल नै ऋषि विश्वामित्रले बनाएका थिए । राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए । सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए । सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक भएकाले हो ।

तर यसको फाइदा नै फाइदा रहेको छ , भित्री फल बाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ । बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ । भित्री फल त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ । भित्री फलबाट तेलपनि निकाल्न सकिन्छ । यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ । नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ । नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ । गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ । पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ । किड्नीमा पथ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्ने भएकाले यी रोगहरुको पनि अचुक औषधी हो । त्यसैले यसको धार्मिक सगै अन्य सत्यताहरु पनि लुकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =