यमपञ्चकको पहिलो दिन आज काग तिहार

  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलबारदेखि तिहार पर्व सुरु हुँदैछ ।  यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ ।  कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ ।

कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मरण गरिन्छ ।  कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ ।

तिहारको पहिलो दिन आज कागको पुजा गरेर काग तिहार भनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं  अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भइ बलिराजालाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाएस भनी वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरेको कथासँग जोडिएको छ ।

यो पर्वको अवसरमा अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन भन्ने मान्यता पनि रहने गर्दछ । यो अवसरमा यमराज खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मानिन्छ ।

बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले फुर्सद पाउने भएकाले आफ्नी बहिनी यमुनाकहाँ गई यमराजले बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको दिन दाजु भाइ र दिदिबहिनीले पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 19 = 21