लुइज स्वारेजको दुईगोलसंगै बार्सिलोना विजयी

  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौंः लुइस सुवारेजको २ गोलको मद्धतले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भाएकानोलाई हराएको छ । पाहुना टिम बार्सिलोना ३–२ ले विजयी भएको हो ।

सुवारेजले १० औं मिनेटमा र इन्जुरी समयमा गोल दिलाएका थिए । ८७ मिनेटमा अस्माने डेम्बेलेले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा जोजे पोजो र अल्भारो गार्सियाले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए ।

लियोनल मेस्सी अझै स्वस्थ्य नभएकाले बार्सिलोनाको खेल चलायमान हुन सकेको छैन । तर बार्सिलोनाले राम्रो प्रदर्शन गर्दै आएको छ ।

अन्य खेलमा रियाल मड्रिडले रियाल भल्लाडोडिडलाई २–० ले तथा गिरोनाले भ्यालेन्सियालाई १–० ले हरायो भने लेगनेस र एथलेटिको मड्रिड बीचको खेल १–१ को बराबरी भयो ।

बार्सिलोना ११ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । रियाल मड्रिड १७ अंकसहित छैटौं स्थानमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 + = 96