साउथह्याम्टनको पोस्टमा म्यानचेस्टर सिटीका आधा दर्जन गोल

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले साउथह्याम्पटलाई ६–१ गोलले पराजित गरेको हो । यो सिजन लिगका ११ खेलमा अपराजित रहेको सिटीको जितमा रहिम स्टर्लिङले २ तथा सर्जियो अग्यूरो, डेभिड सिल्भा र लोयरो सानेले एक–एक गोल गरे । सिटीले एक गोल भने उपहार पाएको थियो । साउथह्याम्टनका लागि भने डेनी इंग्सले एक गोल फर्काए ।

सिटीले खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो । साउथह्याम्पटनका वेस्लीले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको हो । त्यसको ६ मिनेटपछि अग्यूरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । अग्यूरोले गोल गरेको दुई मिनेट वित्न नपाउँदै सिल्भाले गोल गरेपछि सिटीको अग्रता तेब्बर बनेको थियो ।

खेलको ३० औं मिनेटमा साउथह्याम्टनले पाएको पेनाल्टी मार्फत इंग्सले गोल गर्दा खेल ३–१ को स्थितीमा पुगेको थियो । इन्जुरी टाइममा स्टर्लिङले गोल गरेपछि पहिलो हाफको ४–१ को स्थितीमा सकिएको थियो । दोस्रो हाफमा सिटीले थप दुई गोल गर्यो । ६७ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो तथा सिटीका लागि पाँचौ गोल गरेका थिए । ९१ औं मिनेटमा सानेले गोल गरेपछि सिटीले ६–१ को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै ११ खेलबाट २९ अंक जोडेको सिटी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । २७ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा ७ अंक जोडेको साउथह्याम्टन १६ औं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 81 = 84