क्रिस्टल प्यालेस माथि चेल्सीको सहज जित

  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौंः इंग्लिस प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेस माथि सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हराएको हो ।

चेल्सीको जितमा आल्भोरा मोरटाले दुई तथा पेड्रोले एक गोल गरे । प्यालेसका लागि एन्ड्रोस टोनसेन्डले एक गोल गरे । खेलको ३२ औं मिनेटमा मोरटाको गोलमा चेल्सीले अग्रता लिएको थियो । पहिलो हाफ १–० को स्थितीमा सकिएको खेलको दोस्रो हाफमा थप तीन गोल भए ।

खेलको ५३ औं मिनेटमा प्यालेसका टोनसेन्डले बराबरी गोल गरेपछि घरेलु टोली दवावमा परेको थियो । तर, ६५ औं मिनेटमा मोरटाले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी पुनः अग्रता बनाउन सफल भएको थियो । चेल्सीका लागि ७० औं मिनेटमा पेड्रोले तेस्रो गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र चेल्सी ३–१ गोलले विजयी भयो ।

जितसँगै ११ खेलमा अपराजित रहेको चेल्सी २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक रहेको लिभरपुल गोल संख्याका आधारमा तेस्रो स्थानमा छ भने २९ अंक जोडेको म्यानचेस्टर सिटी पहिलो स्थानमा छ । ८ अंक जोडेको प्यालेस भने १४ औं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

93 ÷ 31 =