नेपालकै सबैभन्दा ठूलो ढुंगाबाट बनेको बुद्धमूर्ति मुक्तिनाथमा निमार्ण , हेर्नेहरुको भिड लाग्यो (यस्तो छ सुन्दर तस्विर हेर्नुहोस)

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौ । हिन्दु र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा नेपालकै सबैभन्दा अग्लो स्थानमा सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरिएको छ ।

यस बुद्धमूर्तिको टाउको पाँच फिट अग्लो रहेको छ भने टाउकोको तौल करिब ५ हजार किलो छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट राखिएको छ । बुद्ध मूर्तिको पाखुरो ९ फिट र चौडाई १८ इन्च छ ।

त्यसैगरी यो विशाल मूर्ति मुक्तिनाथको १२ हजार ६ सय फिटमा स्थापित गरिएको छ । केही दिनअघि एक विशेष कार्यक्रमबीच यो बुद्ध मूर्तिको धार्मिक विधिपूर्वक अनावरण गरिएको छ । यो बुद्धको मूर्ति शालीग्रामको लागी प्रसिद्ध रहेको मूतिनाथमा अमेरिका निवासी व्यवसायी सोनाम लामाले सुरुमा २ करोड रुपैयाँमा मूर्ति स्थापनाको योजना बनाइएको तर लागत बढेर ४ करोड रुपैयाँ लगानीमा स्थापित गरिएको बताइएको छ ।

त्यस्तै सोनामको जन्म जन्म सन् १९६१ मा मुक्तिनाथको पुराङमा गाउमा भएको थियो । १६ वर्ष गाउँमै बसेका उनी अहिले २२ वर्षदेखि अमेरिकामा छन् । अमेरिकामा एक सफल नेपाली व्यवसायीका रुपमा पनि चिनिँदै आएका छन् ।

त्यसैगरी ३५ फिट अग्लो यो बुद्धमूर्ति सन् २०१३ मा तत्कालिन पर्यटनमन्त्री पोष्टबहादुर बोगटी (हाल दिवंगत) ले बुद्धमूर्ति स्थापनास्थलको शिलन्यास गरेका थिए । यस मूर्तिको तौल ६० हजार किलो भन्दा धेरै छ । यस बुद्ध मूर्ति ललितपुरको पाटनमा निर्माण गरिएको हो । मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाइ उत्तम शाक्यसहित बुद्धमूर्ति निर्माणमा अन्य २० जना कालीगढ जुटेर निमार्ण गरेका हुन् । यो मूर्ति फर्पिङबाट ल्याइएको विशेष ढुंगाबाट बनाइएको हो ।

तर निमार्णको क्रममा सन् २०१५ अप्रिल २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले बुद्धमूर्ति निर्माणमा रोकिएको थियो । बुद्धमूर्ति कुँदिरहँदा आएको भूकम्पले बनिसकेको मूर्ति भत्काइदिएको थियो । त्यस्तै यसको मूर्ति पाटनर्मा सन् २०१५ अक्टोबरमै तयार भएको थियो । तर त्यहाँबाट मुक्तिनाथसम्म र्पुयाउन ६ महिना लागेको थियो । यो मूर्तिलाई १३ ट्रकमा हालेर सन् २०१६ मार्चमा मुक्तिनाथमा लगियो ।

त्यसैगरी हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिन्छन् । उनीहरुले भगवान विष्णुको पावन क्षेत्रका रुपमा मुक्तिनाथलाई पूजा गर्छन् । त्यसैगरी सतीदेवीको अंग पतन भएको शक्तिपीठकारुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रमा बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बतबाट यात्राका क्रममा ध्यान गरेको पवित्र क्षेत्र पनि मानिन्छ । यसका साथै हिन्दुधर्मालम्बीहरु पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ क्षेत्र पुग्छन् । बौद्ध धर्मालम्बी पनि लुम्बिनीको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने वातावरण बनाउन बुद्धमूर्तिको स्थापना गरिएको लामा बताएका छन् । त्यस्तै संसारको सबैभन्दा ठूलो पत्थरको बुद्धमूर्ति चिनको सिचुवान प्रान्तमा छ । त्यो मूर्ति ७१ मिटर अग्लो छ रहेको छ भने यो मूर्ति नेपालकै ठुलो ढुङ्गगाको मूर्ति हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 ÷ 3 =