भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउने, मोदीलाई धेरै महत्व नदिन नेपाललाई कंग्रेस आईको चेतावनी

  • 233
  •  
  •  
  •  
  •  
    233
    Shares

काठमाडौं, १९ कात्तिक । विवाह पञ्चमीको दिन नेपालको पाँचौंपटक भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तयारीप्रति भारतमै विरोध भएको छ । खासगरी भारतको कंग्रेस आईले मोदीको सम्भावित नेपाल भ्रमणप्रचि आपत्ति जनाएको छ ।

आगामी लोकसभाको निर्वाचनअघि नै मोदी नेपाल भ्रमण गर्न चाहन्थे । भारतमा त्यसको तयारी भइरहेको थियो । तर, विपक्षी कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले भारतीय जनता पार्टीको नामै किटेर मोदीलाई धेरै महत्व नदिन नेपाल सरकारलाई सुझाव दिएको भन्ने समाचार आएपछि मोदीको नेपाल भ्रमण अनिश्चित भएको छ ।

सोमबार बिहान विराटनगर पुगेका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मोदी नेपाल नआएमा धेरै ठूलो समाचार नहुने भन्दै त्यसको संकेत गरेका छन् । उनले मोदी धेरै पटक नेपाल आइसकेको र अब आउने भनिए पनि नआएमा धेरै ठूलो समाचार हुन्न भनेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल भ्रमणमा आउने सम्भावना देखिएपछि कंग्रेस आईले निर्वाचन प्रक्रियालाई असर गर्ने गरी छिमेकी धर्मसंस्कृति र कूटनीतिमा उपयोग हुन नहुने सुझाव नेपाली दूतावासलाई केही दिनअघि दिएको बुझिएको छ । विमस्टेक सम्मेलनमा मोदी नेपालमै रहेका बेला कंग्रेस आईका अध्यक्ष राहुल गान्धी मानसरोवर जान भन्दै काठमाडौं आएका थिए । उनी काठमाडौंमा एक रात निष्फित्री घुमेर तिब्बत लागेका थिए ।

कर्नाटक विधान सभाको निर्वाचनको मौन अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका थिए । त्यस समयमा उनले मुक्तिनाथको भ्रमण गरेका थिए । मुक्तिनाथ मन्दिरबाट गरिएको टेलिभिजन ‘लाइभ’प्रति कंग्रेस आईले तीव्र विरोध गरेको बताइन्छ । जसको प्रभाव कर्नाटक निर्वाचनमा परेको थियो ।

सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई बहुमत ल्याउन निकै कठिन देखिएको छ । पहिलेको भन्दा अहिले मोदीको लोकप्रियता दिनहुँ खस्कँदो छ । भारतमा सबै विपक्षी पार्टी एक भएका छन् । सोही कारण मोदीलाई छिमेकसँगको सम्बन्ध बढाउन दिन नहुने निष्कर्षमा विपक्षी दलका नेताहरू पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 ÷ 3 =