तिहारमा लक्ष्मीको पूजा गर्दा कस्तो तस्बिरमा गर्ने कस्तोमा नगर्ने ? कुन शुभ कुन अशुभ। धन आर्जन भन्दा बढी नोक्सान होला

  • 2.5K
  •  
  •  
  •  
  •  
    2.5K
    Shares

नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिदै छ। यतिबेला गाउँ -ंशहरमा तिहारको रौनक छाउन लागिसकेको देख्न सकिन्छ। तिहारका सामग्रीहरुले बजारहरु समेत रंगीचंगी बनिसकेका छन्। तिहारमा यमपन्चकको तेस्रो दिन हुने लक्ष्मी पूजाको विशेष महत्व रहने गर्छ। यस दिन हरेक व्यक्तिहरु आ-आफ्नो घर भित्र र बाहिर सफा सुग्घर गरेर लक्ष्मीको पूजा गर्नमा व्यस्त रहन्छन।

दिपावलीको दिन गरिने महालक्ष्मीको पूजामा यस प्रकारको तस्बिर आवश्यक हुन्छ। त्यस्ता केहि तस्बिरहरु समेत बजारमा पाउने गर्छ जसमा पूजा गर्दा विभिन्न सामस्याहरु आईपर्ने गर्छन। त्यसैले यो निकै महत्वपूर्ण विषय रहेको छ।

१. पैताला देखिएको :

हामीले दिपावलीको दिन पूजा गर्ने लक्ष्मीको तस्बिरमा पैताला देखिएको हुनुपर्छ। यस्तो तस्बिर किनेर पूजा गर्नु निकै शुभ मानिने गर्छ। अन्यथा ठूलो अनिष्ठ हुनसक्ने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ।

२. उल्लू :

लक्ष्मीको तस्बिरमा नजिकै उल्लू बसेको हुन्छ त्यस तस्बिरमा पूजा गर्नु हुँदैन। यस्तो उल्लू बसेको तस्बिर खरिद गरेर पूजा गर्दा घरमा विभिन्न समस्याहरु आईपर्ने गर्छ।

३. लक्ष्मी माता कमलको फूल माथि बसेको :

हामीले दिपावलीको लागि लक्ष्मीको तस्बिर खरिद गर्दा महालक्ष्मी कमलको फुलमाथि बसेको निकै शुभ हुने गर्छ। अझ यस तस्बिरमा हात्तीपनि छ भने सम्झिनुहोस् तपाईको घरमा कुनै पनि समय धनको कमि हुने छैन।

४. लक्ष्मीमाताको दुई तर्फ हात्ती:

तस्बिरमा महालक्ष्मीको दाँया र बाँया दुवै तर्फ हात्ती बसेको हुनु निकै शुभ मानिने गर्छ। यसरी दुईपट्टि बसेका हात्तीको सुंडमा कलश राखिएको छ भने तपाईको घरमा लक्ष्मीको पूजापछि कुनै पनि सामस्या आउने छैन।

५. लक्ष्मी माता विष्णको साथमा :

दिपावलीको दिन भगवान विष्णुको समेत पूजा गर्नु आवश्यक हुन्छ। यसकारण एकै तस्बिरमा यी दुवै हुनु अझ शुभ मानिने गर्छ। यस्तो तस्बिरमा पूजा गर्दा वैवाहिक जीवन सुखमय बित्ने विश्वास रहेको छ।

६. महालक्ष्मीको साथमा सरस्वती र गणेश :

दिपावलीको दिन यस्तो तस्बिरमा पूजा गर्नुहोस जसमा सरस्वती र गणेश समेत समावेश छन्। यस प्रकारको तस्बिरमा पूजा गर्दा घरमा आईपर्ने सम्पूर्ण समस्याहरु नष्ट हुँदै जानुका साथै जीवनमा प्रशस्त धन आर्जन गर्ने अवसर मिल्नेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + = 9