पतिलाई छोडेर एक्लै सन्तानलाई पाल्दै छन् यी ५ नायिका !

  • 3.4K
  •  
  •  
  •  
  •  
    3.4K
    Shares

बलिउडका कलाकारहरुको प्रेम सम्बन्ध र वैवाहरिक सम्बन्धका समाचारले संचार माध्यमहरुमा राम्रै ठाउँ पाउने गर्छन्। नयाँ प्रेमी जोडी होस्, अथवा सम्बन्ध टुटेको जुनै पनि समाचार संचार माध्यममा तरँगनै पैदा गर्ने गर्छ। विवाह पछि सम्बन्ध विच्छेद भएका केहि नायिकाहरु अहिले आफ्नो सन्तानलाई एक्लै पाली रहेका छन्। यस लेखमा केहि नायिकाहरुको बारेमा चर्चा गर्ने छौ। जसले पति बिना पनि एक्लै आफ्नो सन्तानलाई हुर्काइरहेका छन्।

प्रीति झंगियानी

सन् २००८ मा अभिनेता परवीन डबाससँग विवाह भएकी अभिनेत्रीको वैवाहरिक जीवन आफ्नो छोराको जन्म पछि अगाडी बढ्न सकेन। जसको कारण उनको पतिसँग सम्बन्ध विच्छेद भयो। अहिले उनि आफ्नो छोरालाई एक्लै हुर्काइरहेकी छिन्।

रीना दत्ता

सन् १९८६ मा आमिर खानसँग विवाह गरेकी रीना दत्ताको आमिरसँग सम्बन्ध बिच्छेद भएपछि उनी अहिले आफ्नो दुई बच्चाको हेरचाह आफै गरिरहेकी छिन्। आमिरले अहिले दोस्रो विवाह गरेको भएता पनि रीनाले भने एक्लै आफ्नो सन्तानको हेरचाह गरिरहेकी छिन्।

रिचा पिल्लई

बलिउडकी चर्चित मोडल समेत रहेकी अभिनेत्री रिचाले १९९८ मा अभिनेता संजय दत्तसँग विवाह गरेता पनि सम्बन्ध धेरै टिक्न सकेन। सम्बन्ध विच्छेद पछि उनी टेनिस प्लेयर लेन्डर पेससँग सम्बन्धमा रहिन जसको कारण उनले एक छोरीलाई जन्म दिएकी थिइन्। अहिले उनी एक्लै आफ्नो छोरीको हेरचाह गरिरहेकी छिन्।

अमृता सिंह

८० को दशकमा बलिउडमा राम्रै नं बनाउन सफल यी नायिका सैफ अली खानसँग विवाह गरेकी थिइन्। यी दुईबाट दुई सन्तानको जन्म भएकी थिइन्। अहिले सम्बन्ध बिच्छेद पनि आफ्नो दुई सन्तानको एक्लै हेरचाह गरिरहेकी थिइन्।

करिश्मा कपूर

आफ्नो पति संजय कपूरसँग २०१६मा सम्बन्ध विच्छेद गरिसकेकी नायिका करिश्मा कपूरका दुई सन्तान रहेका छन्। अहिले आफ्नो दुई सन्तानको उनी एक्लै हेरचाह गरिरहेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3