के तपाई यो तिहारमा आफन्तलाई के बनाएर खुवाउने भन्ने चिन्तामा हुनुहुन्छ ? त्यसोभए स्वादिलो एग मसला रेसिपी यसरी बनाएर खुवाउनुहोस्

  • 84
  •  
  •  
  •  
  •  
    84
    Shares

काठमाडौ । अण्डा मानिसलाई शक्ति प्रदान गर्ने प्रमुख चिज नै हो । यसले हाम्रो शरिरमा पर्याप्त मात्रामा प्रोटिन प्रदान गर्छ । त्यसैले, अण्डालाई प्रोटिनको राम्रो स्रोत पनि भनिन्छ । अण्डामा प्रोटिनका साथमा भिटामिन बी तथा सेलेनियम, जिंक, कपर, आइरन लगायतका खनिज तत्व पाइन्छ, जुन शरीरलाई स्वस्थ राख्न निकै आवश्यक रहेको हुन्छ ।

त्यसैले कुखुरा ,हास तथा विभिन्न पक्षीहरुको अण्डा खाने गरिन्छ । यसले शरिरको कमजोरीपन हटाई शक्ति प्रदान गर्दछ । तर हामीले अण्डालाई फ्राई गरेर, उसिनेर तथा अम्लेटको रुपमा पनि खाने गरेका छौ । तिहारमा अब आफ्नो आफन्तलाई अब त्यसो भए एग मसाला रेसिपी बनाएर खुवाएर खुसी पार्नुहोस । हेर्नुस यसका विधीहरु तथा सामग्रीहरु

सुरुवातमा आवश्यक सामग्रीहरु , अण्डा ३ वटा तयार पार्नुहोस ,त्यसैगरी १ वटा प्याज , २ वटा टमाटर ,केही हरियो खुर्सानी ,नुन एक चियाचम्चा , हरियो धनिया आधा कम , पुदिनाको पत्ता आधा कप ,तेल ६ चिया चम्चा जति ,अदुवा तथा लसुनको धुलो आधा चिया चम्चा ,बेसारको धुलो ,जीरा पाउडर एक चियाचम्चा ,रातो खुर्सानीको धुलो ,चिकन मसाला पाउडर र पानी तयार पार्नुहोस त्यसपछि यो विधद्धिारा स्वादिष्ट एग करी बनाउनुहोस् ।

विधीहरु यस्तो रहेको छ ,

सुरुवातमा एउटा सफा भाँडामा पानी राख्ने । त्यसमा अण्डा र नुन राखेर राम्ररी उसिन्ने ।त्यसपछि एउटा भाडामा प्याज र टमाटरलाई लिने र दुवैलाई मध्यम आकारमा छुट्टाछुट्टै काटेर दुई अलग भाडामा राख्ने । त्यसपछि हरियो खुर्सानी, हरियो धनिया तथा पुदिनाको पत्तालाई समेत मसिनो गरी काटेर अलग्गै भाडामा राख्ने अनि एउटा भाडोमा तेल राखेर त्यसलाई मध्य आँचमा तताउने । जब तेल तात्छ, तब उक्त तेलमा काटेको प्याजलाई राखेर केही बेर चलाउने । प्याज रातो हुदै गएपछि त्यसमा अघि काटेको हरियो खुर्सानी हालेर त्यसमा अदुवा तथा लसुनको पेस्ट हालेर राम्ररी चलाउनु पर्छ ।

त्यसैगरी उक्त पेस्टमा काटेको पुदिनालाई हालेर केहीबेर चलाउनु पर्छ , ताकी पुदिराको गन्ध हराओस् । अब उक्त पेस्टमा बेसार, जिरा पाउडर, नुन तथा रातो खुर्सानी हालेर राम्ररी चलाउनु पर्छ र मसलालाई राम्ररी फ्राई हुन दिनु पर्छ । जब मसला फ्राई भइसकेपछि त्यसमा काटेको टमाटर हालेर केही समय पकाउनुपर्छ । जब मसलाबाट तेल छुट्टनि थाल्छ, तब उक्त मसलामा आधा कप पानी राखेर त्यसमा स्वाद अनुसार चिकन मसला पाउडर हाल्नुपर्छ । र, मसालालाई ग्रेभी हुन्जेल पकाउनु पर्छ ।
अब सुरुमा उमालेको अण्डालाई निकालेर त्यसको ब्रोका झिक्नुपर्छ । त्यसपछि अण्डालाई दुई भागमा काटेर ग्रेभीमा मिसाउनु पर्छ । जब ग्रेभी र अण्डा राम्ररी मिक्स हुन्छ, तब त्यसलाई केहीबेर पकाउन छोड्नु पर्छ । जब ग्रेभी तयार हुन्छ, यसलाई एउटा प्लेटमा राखेर त्यसमा धनियाको पत्ता राखेर बनायो भने एकदमै मिठो एग करी बन्छ । त्यसपछि यसलाई तातो तातै खानुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 ÷ 8 =