नेविसंघको वर्तमान कार्यसमिति भंग हुने, तदर्थ समितिको संयोजकमा तीनजाको चर्चा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघको वर्तमान कार्यसमिति भंग हुने भएको छ ।

१२औं महाधिवेशन गराउन असफल भएपछि नैनसिंह महर अध्यक्ष रहेको नेविसंघको केन्द्रीय समिति भंग हुने चरणमा पुगेको हो ।

वर्तमान केन्द्रीय समितिको थपिएको तीन महिनाको कार्यकालसमेत यही मंसिर २ गतेदेखि समाप्त हुँदैछ । कार्यकाल समाप्त भएपछि कमिटी स्वतः भंग हुने विधानमा व्यवस्था छ ।

साविकको समितिले महाधिवेशन गराउन नसकेको अवस्थामा तत्काल तदर्थ समिति बनाउने प्रचलन नेपाली कांग्रेसमा छ । वर्तमान समितिको अस्तित्व अझै दुई साता रहने अवस्था भए पनि तदर्थ समितिको अध्यक्ष अब को होला ? भन्ने चर्चा सुरु भएको छ ।

तदर्थ समितिले महाधिवेशन गराउन करिब एक वर्षको समय पाउने छ । आफू चुनाव नलड्ने र एक वर्षभित्र महाधिवेशन गराउन सक्ने काविल विद्यार्थी नेताको खोजी नेपाली कांग्रेसभित्र भएको छ । यसक्रममा करिब एक दर्जन विद्यार्थी नेताहरूको नाम चर्चामा छ । यही कमिटीमध्येबाट जिम्मेवारी दिइए महामन्त्री सरोज थापालाई र बाहिरबाट ल्याइए रत्न कार्की या राजीव ढुंगानाले अवसर पाउने चर्चा छ ।

वर्तमान कार्यसमितिको म्याद भदौ २ गते नै सकिए पनि तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिँदै आगामी मंसिर २ गतेसम्म म्याद थपिएको थियो । त्यसैले दशैं–तिहारको बीचमा भए पनि कात्तिक १६, १७ र १८ गतेदेखि महाधिवेशन गर्ने निर्णय नेविसंघले ग¥यो, तर सकेन ।

महाधिवेशन गराउन नसकेपछि महरले कात्तिक १७ गते नै राजीनामा दिने अनुमान गरिएको थियो, तर उनले राजीनामा नदिएपछि अन्योलता उत्पन्न भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 7