नेपालमै जो कोहीलाइ पनि ५० प्रतिशत छुट दिने औषधी पसल भेटियो,जसले महगो पैसा तितेर औषधी किनेकालाई सुविधा दियो

  • 524
  •  
  •  
  •  
  •  
    524
    Shares

काठमाडौ । काठमाडौको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल नजिक रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत छुट दिदै आएको छ ।

यहाँ वषौदेखि ५० प्रतिशत कम र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट कसैले छुट नमागिकनै दिने गरेको छ । त्यसैगरी डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कम्पनीले उत्पादन गरेको यो औषधिमा छुट पाउने गरेको हो ।

त्यसैगरी औषधीहरु प्यारासिटामोलको मूल्य नेपाली रु ४४८ पर्नेमा २७३ रुपैयामा बेच्ने गरेको छ । त्यसैगरी एन्टिब्रायोटिकमा नेपाली १०३८ पर्नेमा ७५६ ,रगत पातलो बनाउने इन्जेक्सनमा(सोडियम इन्जेक्सन)को रु ९९० को ६१५, त्यस्तै कोलेस्ट्रोलको औषधीमा ४०४ पर्नेमा २०४ रुपैया ,प्रेसरको औषधी(लोजिपिल) ७६ मा ३९रुपैया पर्दछ । त्यसैगरी प्रसरको औषधी( अल्पाइन) रु ३१.५ पर्नेमा १६ पर्दछ ।त्यस्तै क्यालसियम ९० को ५० रुपैया पर्दछ ।त्यस्तै ग्यास्ट्रिकको औषधीमा ८० रुपैयामा ४९ रुपैया पर्दछ । (प्रोफ्रिक्स) एन्टिब्रायोटिकमा २०० रुपैया मूल्यमा १०३ रुपैयामा दिने गरेको छ । यसैकारण औषधीहरुमा धेरै ठगी भइरहेको बेलामा यो जानकारीले अरु औषधी विक्रेतालाइ केही सचेत भने गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =