तिहार विशेष : घरमै यसरी बनाउनुहोस् मिठो जेरी (भिडियो सहित)

  • 832
  •  
  •  
  •  
  •  
    832
    Shares

काठमाडौँ,१९ कात्तिक । नेपालीहरुको दोस्रो महानचाड तिहारले सबै नेपालीहरुको घर आँगन रंगिन बन्न थालिसकेका छन् । तिहारमा विशेषत दिदी बहिनीले आफ्नो दाजु भाइलाई मिठो मिठो परिकारहरु बनाएर खुवाउने गर्छन् । चाडवाडको बेला आफुसँग सिप नभएपछि निकै महंगो रकम तिरेर तपाई बासी परिकारहरु किन्दै हुनुहुन्छ भने अब बजारमा राखिएको बासी चिज नकिन्नु होला । अब तपाईले आफ्नो घरमा नै मिठो परिकार बनाउन सक्नुहुनेछ । जसको लागि आज हामी तपाइलाई तिहारमा जेरी बनाउने तरिका बारे बताउन गइरहेका छौँ ।

आवश्यक सामग्री  :

चिनी

मैदा

बेकिंग पाउडर

बेसार वा फुड कलर

तेल

दही

बनाउने विधि : एउटा भाँडोमा पानी राख्ने त्यसमा चिनी राखेर बाक्लो हुने गरेर उमाल्ने । अब अर्को भाँडोमा मैदा बेकिंग पाउडर, दही राखेर राम्रोसँग पानीमा मुच्छने । जेरीमा रंङ आओस् भनेर फुड कलरको प्रयोग गर्ने । त्यसपछि कराईमा तेल वा घ्यू तताउने । त्यसपछि खाली तेलको प्याकेटमा सानो प्वाल बनाउने । त्यसमा मुछेर राखेको पिठो भर्ने सानो प्वाल बाट जेरी बनाउन सुरु गर्ने । यसरी जेरी पाकेपछि तेलबाट जेरी निकालेर चिनी पानीमा डुबाउने । अब जेरी तयार भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 6 = 3