पौडेल–सिटौलाको ‘चक्रब्यूह’ मा देउवा, निस्कन खोज्यो फेरि फसिहाल्छन्

  • 72
  •  
  •  
  •  
  •  
    72
    Shares

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकल महासमिति बैठकको नयाँ मिति तय गर्ने बताइएको छ । साथै, पार्टीको विधान संशोधन मस्यौदामा हालसम्म भएका प्रगतिबारे पनि छलफल हुनेछ ।

(

महासमिति बैठक, नेविसंघको महाधिवेशन, पार्टीको विधान संशोधनलगायतमा छलफल गर्न भन्दै तिहारकै बेला कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । मंसिर ५–९ सम्म घोषणा भएको महासमिति बैठक सो मितिमा बस्न सम्भव नभएपछि मंसिर तेस्रो साताका लागि नयाँ मिति आजको बैठकले निर्णय गर्नेछ ।

नेपाली कांग्रेसमा यतिबेला पार्टी सभापति देउवा इतिहासमै सबैभन्दा कमजोर र प्रभावविहीन भएका छन् । देउवालाई कमजोर बनाउन सके १४औं महाधिवेशनमा नेतृत्व आफ्नो हातमा पर्ने अनुमानका साथ रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंहलगायतले उनलाई बलियो बन्न दिएका छैनन् । जसका कारण पार्टीले गति लिन सकेको छैन । सभापति निर्वाचित भएको तीन वर्ष हुनै लाग्दासम्म देउवालाई यस्तो चक्रब्यूहमा पारिएको छ कि उनी उम्कन सक्ने अवस्थामा छैनन् ।

पार्टीका विभिन्न भ्रातृसंगठनको निर्वाचनमा देउवा पक्षलाई पूरै सिध्याइएको छ । सभापति भएको यत्रो समय बितिसक्दा पनि कुनै काम गर्न नसकेको भन्दै विवादै विवादको भुमरीमा उनलाई फसाएर आगामी महाधिवेशनमा उनको बर्चश्व समाप्त पार्ने दिशामा पौडेल–सिटौला समूह सफल हुँदै गएको छ ।

पौडेल–सिटौला पक्षले भने पदाधिकारी निर्वाचित गर्ने र संख्या पनि बढाउनुपर्ने दबाब दिन थालेको छ । मनोनीत पदाधिकारी बढाउँदा सभापति देउवा १४औँ महाधिवेशनसम्म झन् शक्तिशाली हुन सक्ने, तर निर्वाचित गर्दा आफूहरूले पनि जित्न सक्ने उनीहरूको बुझाइ छ । त्यस्तै, पदाधिकारीका लागि धेरै नेता आकांक्षी हँुदा संख्या बढाउनुपर्ने बाध्यतामा यो पक्ष छ ।

उनीहरूकै असहयोगका कारण फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारलाई पार्टीको कुनै भूमिका दिइएको छैन । पार्टी विधानमा पदाधिकारी थप्न नदिने पौडेल–सिटौलाको रणनीतिले गच्छदारलाई देउवा कित्ताबाट धकेलिँदै लगिएको छ । तर, महासमिति बैठकअघि नै देउवाले गच्छदारलाई कुनै न कुनै जिम्मेवारी दिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 8 = 1