चितवन राइनोज र पोखरा पल्टनबीच पीपीएल उपाधि, पारस र शरदमध्ये कसले जित्लान् २७ लाख ?

  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिका लागि आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरिरहेको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुँदैछ । खेल बिहान ११ बजेबाट पोखरा रंगशालामा चल्ने छ ।

फाइनल खेल हेर्न सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन जाँदैछन् । आफ्नो गृहजिल्ला चितवनको क्लब उपाधि भिडन्तमा रहेकाले प्रचण्ड पोखरा जान लागेका हुन् ।

पोखरा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कारअनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरले सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल पाउने छन् ।

मोस्ट भ्यालुएबल प्लेयरलाई एक लाख र उदीयमान खेलाडीलाई ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 2